प्रेमिकाले अर्कै रोजेको भन्दै मध्यरातमा एसिड प्रहार

329

२४ माघ, बुटवल । रुपन्देहीको बुटवलमा एक युवकले एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।
धादिङ नौबिसे १ बस्ने २८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोट(५ की २७ वर्षीया तुलसा सापकोटा आइतबार बुटवल(६ स्थित मेरिडियन होटलमा बसेका थिए । सुनिल र तुलसा केही समयदेखि प्रेम सम्वन्धमा थिए । तर, तुलसाले आफूलाई छाडेर अकैलाई रोजेको भन्दै सुनिलले मध्यरातमा एसिड हाने । युवतीले सहयोग मागेपछि होटलका स्टाफहरु सबै ढोका बन्द गरेर युवकलाई पक्राउ गरिएको थियो । र, उनलाई प्रहरीको जिम्मा लगाइएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीका अनुसार युवकले एसिड हानेको स्वीकार गरेका छन् । आफूहरु केही वर्षदेखि प्रेममा रहेको र अहिले आफूलाई छाडेर अर्कैलाई रोजेपछि एसिड हानेको उनको बयान छ ।
तुलसाको अनुहार, टाउको र शरिरमा एसिड लागेको थियो । र, लुम्बिनी अञ्चल अस्पतल बुटवलमा उपचारको क्रममा मृत्यु भएको डिएसपी बेलबहादुर पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।
प्रहरीले उक्त होटेलको कोठा नम्बर १०४ मा बसेकी सापकोटाकी सानीआमा काठमाडौं ७ चाबहिल बस्ने ४० वर्षीया देवी खरेललाई समेत नियन्त्रणमा लिएको छ । – onlinekhbar