दुबईबाट आएको ३३ किलो सुन यसरी समात्यो सीआईबीले

227

पुस २१,
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौंको गौशाला नजिकैपर्ने पिंगलास्थानबाट ३३ किलो अवैध सुन बरामद गरेको छ । एसपी मिरा चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ट्याक्सीबाट सो सुन बरामद गरेको हो । प्रहरीले सुनसहित दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपाल बहादुर शाहीलाई पक्राउ गरेको छ । दुबईबाट एयर अरेबियाको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै पिंगलास्थानसम्म पुर्याइएको सुन सिआईबीले सुराकीको आधारमा पक्राउ गरेको हो ।
बरामद सुन महानगरीय प्रहरी बृत्त गौशालामा लगेर खोलेर हेर्दा प्रहरीले विस्कुट आकारको सुन २८२ पिस, रेडीमेड औंठी १९ ओटा र सिक्रि १८ ओटा फेला पारेको थियो ।