तीन सय ५० विद्यालयको खाता रोक्का

187

खोटाङ । जिल्ला शिक्षा कार्यालय खोटाङले जिल्लामा सञ्चालित तीन सय ५० वटा विद्यालयको खाता रोक्का गरेको छ । व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने र बेरुजु फछ्र्योट नगर्ने विद्यालयको खाता रोक्का गरेको हो । तोकिएको मापदण्ड पूरा गर्नासाथ रोक्का गरिएको विद्यालयको खाता फुकुवा गरिने जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए । विद्यालयको खाता रोक्का गरेपछि रोक्कामा परेका विद्यालयमा काम गर्ने शिक्षकले तीन महिनादेखिको तलब खान पाएका छैनन् । जिल्लामा प्रावि, निमावि र मावि गरी चार सय ९० वटा विद्यालय सञ्चालनमा रहेका छन् ।