बन्दुकधारीको हमलामा दशजनाको मृत्यु

178

1482114391jordanएजेन्सी । जोर्डनको ऐतिहासिक शहर कारकमा अज्ञात बन्दुकधारीले विभिन्न स्थानमा गरेको आक्रमणमा दश जना मारिएका छन् । मारिनेमा सात प्रहरी अधिकारीसहित एक क्यानाडेली पर्यटकसमेत छन् । आक्रमणमा २७ जनाभन्दा बढी घाईते भएका छन् । बन्दुकधारीले पर्यटन स्थल क्रुसेडर्स कासलमा अन्धाधुन्ध आक्रमण गरेका थिए । सुरक्षा कारवाहीमा चारजना बन्दुकधारी पनि मारिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । बन्दुकधारीहरुसँग विष्फोटक पदार्थ, हतियार र आत्मघाती पेटीसमेत रहेको प्रहरीले जनाएको छ । बन्दुकधारीको पहिचान खुलेको छैन । जोर्डन इस्लामिक अतिवाद समुह आईएसविरुद्ध अमेरिकी नेतृत्वको गठबन्धन सेनाको सहयोगी हो । अमेरिकाले सिरियाली विद्रोहीको एक समुहलाई जोर्डनमा प्रशिक्षण दिएको थियो ।