भक्तपुरमा दैनिक जसो जुवाडे पक्राउ

304

माघ २४, भक्तपुर । आइतबार कमलबिनायक स्थित लिला थापा मगरको डेरा कोठामा १ जना महिला सहित ७ जना पुरुषहरु तास खेलिरहेका अवस्थामा नौ बुक तास नगद छत्तिस हजार ५ सहित जुवाडेलाई पक्राउ गरेको छ । नगरकोट नगरपालिका स्थिती रातोभाले रेष्टुरेण्टबाट केही दिन अगाडी महानगरीय प्रहरी कार्यालय रानी पोखरीबाट खटि आएको प्रहरी टोलीले ७ सात लाख नगद सहित जुवा खेल्दै गरेका २ युवती सहित १७ जना पुरुषलाई पक्राउ गरेको थियो । केही समय अगाडीमात्र सूर्यविनायक नगरपालिका नगरपालिका ५ पाण्डुबजार सलाम सिंह लामाको घरमा जुवा खेलाउँदै गरेको अबस्थामा २१ जनालाई प्रहरीले पक्राऊ गरेको ग¥यो ।
रानी पोखरीबाट खटि आएको प्रहरी टोलीले गत मंसिरको १४ गने राती जुवा, कौडा, तास र जुवा खालमा रहेको रु. ५ लाख १५ हजार ५ सय सहित पक्राऊ गरेको थियो । कतियप स्थानमा सुराकीको आधारमा प्रहरीले मध्यराती छापामारी जुवाडेलाई पक्राऊ गरेपनि महानगरीय प्रहरी परिषर भक्तपुरले चासो नदिएकाले स्थानीयहरुले महानगरीय प्रहरी कार्यालय रानी पोखरीमा समेत उजुरी दिएर जुवाडेलाई पक्राउ गर्ने गरेको छ । यता महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरिक्षक किरण रानाको अनुसार सुचना पाएसम्म प्रहरीले जुवाडेको अखडामा छापा मार्ने गरेको दाबी गरेकी छिन् । महानगरीय प्रहरी परीसर भक्तपुरले पनि जिल्लाको विभिन्न स्थानबाट जुवाडेहरुको पक्राउ गर्दै समेत उनको भनाई छ । तर प्रहरीले सक्रियता बढाएपनि जुवा खेल्नेको कमी आउनु भन्दा यो क्रम बढ्न झन् थालेको छ । कतिपय मानिसलाई भने प्रहरीले राजनितिक दवाब र माथिको आदेश भन्दै मुद्धा नचलाई छोड्ने गरेको छ । लाखौं मुल्यसम्म खालमा राखेर जुवा खेल्ने मानिस पक्राउ गरेपनि प्रहरीले भने फितलो कानुनले गर्दा सजाय कम भएको प्रहरीको भनाई छ ।
गत साउन यतामात्र प्रहरीले विभिन्न १५ भन्दा धेरै स्थानबाट जुवा खेल्ने र खेलाउनेलाई पक्राउ गरेको छ । जसअनुसार थिमी वृत, जिल्ला प्रहरी अन्र्तगत र जगाती वृतमा गरेर जुवाका घटनामा पाचँ दर्जन भन्दा जना भन्दा धेरै मानिसलाई पक्राउ गरेको प्रहरी रेर्कडले देखाउ छ । भक्तपुरको थिमी, राधे राधे, कमलबिनायक, सुर्यविनायक, पाण्डुबजार लगायतकास्थानमा धेरै जुवा खेल्ने र खेलाउने कार्यहुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।