Friday, October 2, 2026
Home Uncategorized नेपालका नेताहरुको हत्या भारतले गर्न सक्छःबिजुक्छे

नेपालका नेताहरुको हत्या भारतले गर्न सक्छःबिजुक्छे

201

narayanman
मंसिर २७ ।
भक्तपुर । नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजु्््क्छेले नेकपा माओवादी केन्द्रको चेनअफ कमाण्ड दिल्लीमा रहेको आरोप लगाएका छन् ।
बासु मावि भक्तपुरको ५४ औं वार्षिक उत्सव कार्यक्रममा सोमबार संचारकर्मीसंग कुरा गर्दै बिजु्क्छेले भने ‘हामीले अब आन्दोलनको केन्द्रबिन्दु बालुवाटार हैन भारतीय राजदुताबासलाई बनाउनु पर्दछ ।’
विगतमा भारतसंग सम्बन्ध राम्रो नभएका नेपाली नेताहरुको भारतले हत्या गरेको भन्दै बिजुक्छेले भने ‘भविष्यमापनि त्यस्तो नहोला भन्न सकिन्न ।’
पाकिस्तान वा अन्य मुलुकसंग राम्रो सम्बन्ध भएका नेपालका नेता वा अन्य व्यक्तिको हत्या भारतको इशारामा भएको बिजुक्छेको भनाई छ ।
संचारकर्मीसंग कुरा गर्दै बिजुक्छेले भने ‘संविधान संशोधनको मुद्धा निकालेर भारतले निर्वाचन हुन नदिने खेल खेलिरहेको छ ।’
तराईका केही दलले नचाहादैँमा मुलुकमा निर्वाचन रोक्नु नहुने भन्दै बिजुक्छेले जहाँ जहाँ हुन्छ त्यहाँ पहिला गर्नु पर्ने र बाकीँ स्थानमा फोर्स प्रयोग गरेर गर्नु पर्नेे धारणा राखे ।
भारतीय राजदुत फिर्ताको विषयमा कुरा गर्दै बिजुक्छे भारतले आफ्नो प्रतिष्ठाकोलागि राजदुतलाई फिर्ता लानु पर्ने बताएका छन् ।