मृर्गौला पिडित छोराको ज्यान वचाईदिन आग्रह

308

-लालवहादुर विक
अछाम । मलिन अनि निरास अनुहार । हातमा सहयोगका लागी अपिल गरिएको फ्लेक्स वोर्ड । सदरमुका मंगसेनका होटल, पसल र कार्यालय चाहर्दै छन् एक बृद्ध । ६३ वर्षको उमेरमा छोरा बचाउन अपिल गर्दै वझाङ्गबाट मन्वा वोहरा अछाम पुगेका हुन ।
२० बर्षिय छोरालाई काठमाण्डौं विर अस्पतालको शैय्यामा छाडेर विभिन्न जिल्ला चहार्दैछन् बझांग दहवगर ५ का मन्वा वोहरा । दुवै मृगौला काम नगर्ने भएपछि एकमात्र छोरा बचाउनका लागी बोहरा आर्थिक सहयोग संकलनमा जुटेका छन् ।
छोरालाई आमाले मृगौला दिएपनि दुई बर्ष अघिबाट काम नभएपछि बोहरा परिवार थप चिन्तित भएका छन् । आफ्नो आर्थिकले उपचार सम्भव नभएपछि बोहरा सहयोगको अपेक्षा सहित बजारहरु डुल्दैछन् । उनले वाटोमा भेटिएका वटुवाहरु र वजारका व्यपारी तथा कार्यालयका कर्मचारीलाई आफुले सक्दो सहयोग गरिदिन हार गुहार गरिरहेका छन ।
महेन्द्र उच्च माध्यामिक विद्यालय दहवगरमा कक्षा ११ मा अध्यनरत उनका २० वर्षिय छोरा धनवहादुर वोहराको दुवै मृर्गौला फेल भएर विगत ३ वर्ष देखी काठमाण्डौको विर अस्पतालमा उपचार भैरहेको उनले भक्कानिदै पिडा सुनाए । २०७० सालमा उनको दुवै मृगौलाले काम गर्न छाडेको पत्ता लागेपछी उनकी आमा ५४ वर्षिया जैसुली वोहराले आफ्नो मृर्गौला दान गरे पनी उक्त मृर्गौलाले काम नगरे पछी वोहरा परिवार थप पिडित भएको उनले आँसु पुछ्दै आफ्नो पिडा सुनाए ।
उता मृगौला दान गरेपछी उनकी आमा जैसुलीको स्वास्थ्य अवस्था पनी दिन प्रतिदिन नाजुक वन्दै गएको छ । वाउ आमाको एक्लो सन्तानको रुपमा २० वर्ष पहिले यो धर्तिमा जन्म लिएका धन वहादुरले पढिलेखी ठुलो मान्छे वनेर वुढेस कालको साहारा वन्ला भन्ने आसा राखेका उनका वाउ आमा अहिले छोराको उपचार खर्च नपायर भौतारिदै विभिन्न जिल्लामा हिँडिरहेका छन ।
धनवहादुरको उपचारका लागी हाल सम्म २७ लाख खर्च भैसकेको छ भने अझै ९ लाख देखी १२ लाख रकम खर्च लाग्ने अस्पतालले जानकारी दिएको उनका वुवा मुन्वा वोहराले वताए । ‘भएको घर घडेरी, गर गहना सवै वेचि सकेँ आफन्त जती सवैवाट ऋण निकालेर खर्च भैसक्यो अव म कसरी छोराको उपचार गरुँ‘ उनले रुदै विलौना गरे ।
उनले आफ्नो छोराको ज्यान वचाईदिन देश विदेशमा रहेका सहयोगी मनहरुलाई अपिल समेत गरेका छन । साथै सहयोग गर्न चाहाने सहयोगी हातहरुलाई राष्ट्रिय वाणिज्य वैंक महाराजगंज शाखामा रहेको खाता नम्वर ११५००३६११२१० मा जम्मा गरिदिन समेत आग्रह गरेका छन