के भन्छन् स्ववियुका उम्मेदवारहरुः नयाँ नेपाल न्युजले तयार पारेको रिर्पोट

290

बालकृष्ण भुर्तेल
(नयाँ शक्ति विद्यार्थी युनियन सहित सयुक्त प्यालनबाट स्ववियु कोषाध्यक्ष सचिव पदका प्रत्यासी थापाथली क्याम्पस )
के कस्ता एजेण्डा अघि सार्नु भएको छ ?
हामी प्राविधि विद्यार्थी हौं । यहाँ सबै पढ्न आउने हो । शैक्षिक प्रणालीलाई कसरी व्यवस्थित बनाउने भन्ने नै प्रमुख विषय हो । शुरुमा नेविसंघले जित्दा केही भएन यस अघि अखिल क्रान्तिकारीले जित्दा पनि केहि भएन । अब नयाँ सोचका साथ अगाडी बढौं यहाँ ल्याव, लाइब्रेरी लगायतका समस्यालाई समस्यालाई समाभान गर्दै पूर्ण शैक्षिक र प्राविधि युक्त प्राक्टीकल शिक्षा प्रदान गर्ने गर नयाँ शत्तिल विद्यार्थी युनियन अगाडी बढछ ।
कलेजमा शैक्षि राजनिति गर्ने हो । शैक्षिक मुद्धालाई अगाडी बढाउने हो । थापाथली क्याम्पसमा जब नयाँ शक्ति प्रवेश गर्छ कलेजको स्वरुप फेरिन्छ । हामी भष्ट्रचारको विरुद्धम लडछौ । सुसासनको पक्षमा महोल तयार गछौ ।
यसको लागि नयाँ शक्ति विद्यार्थी युनियनको अपरिहार्य छ । तसर्थ हाम्रो संयुक्त प्यानलाई मतदान गर्न अनुरोध गर्दछु ।