के भन्छन् स्ववियुका उम्मेदवारहरुः नयाँ नेपाल न्युजले तयार पारेको रिर्पोट

371

राजेन्द्र वलामी, स्ववियू अध्यक्ष पदका प्रत्यासी ( नयाँ शक्ति विद्यार्थी यूनियन ) थापाथली क्याम्पस
तपाईले नयाँ शक्ति विद्यार्थी यूनियन सङ्घिय समाजवादी विद्यार्थी फोरम र अखिल छैँठोको र्संंयूक्त प्यानलको नेतृत्व गर्नुभएको छ एजेण्डाहरु के हुन् ?
गुणस्तरीय शिक्षा र प्राक्टिकल एजुकेसनलाई नै केन्द्रित गरेर हामीले एजेण्डा आघि सारेका हौँ । खेलकुदमा पनि राम्रो गर्ने । शैक्षिक समस्या राजनितिक भागवण्डाको अन्त्य गरि प्रकृया र प्रणालीलाई अगाडि बढाउने प्रतिस्पधात्मक प्रणाली अवलम्वन गर्न लगाउने नै प्रमुख विषय हुन् ।
थापाथली क्याम्पसमा सुधार गर्नु विषयहरु के छन् ?
नियमित कक्षा नहुने अवस्था छ त्यसकव सुधार गर्दै नियमित कक्षा सन्चालन गराउने प्राक्टिकल कक्षा बढाउने मोटिभेसन कक्षा चलाउने र विद्यार्थीहरुलाई दक्ष बनाउनेमा केन्द्रित हुनु पर्दछ ।
तपाईको प्यानललाइ भोटिङ् गर्नु पर्ने कारण के हुन
पुराना सङ्गठनबाट क्याम्पसको सुधार हुन नसकेको अवस्था जगजायारै छ । त्यसैले नयाँ शक्ति विद्यार्थी युनियनले कलेजमा शैक्षिक वातावरण बनाउन पहल गर्ने भएकाले नै हामीलाई मतदान गर्नुपर्दछ भन्ने हाम्रो दावी हो ।