Saturday, September 26, 2026
Home Uncategorized के भन्छन् स्ववियुका उम्मेदवारहरुः नयाँ नेपाल न्युजले तयार पारेको रिर्पोट

के भन्छन् स्ववियुका उम्मेदवारहरुः नयाँ नेपाल न्युजले तयार पारेको रिर्पोट

386

राजेन्द्र वलामी, स्ववियू अध्यक्ष पदका प्रत्यासी ( नयाँ शक्ति विद्यार्थी यूनियन ) थापाथली क्याम्पस
तपाईले नयाँ शक्ति विद्यार्थी यूनियन सङ्घिय समाजवादी विद्यार्थी फोरम र अखिल छैँठोको र्संंयूक्त प्यानलको नेतृत्व गर्नुभएको छ एजेण्डाहरु के हुन् ?
गुणस्तरीय शिक्षा र प्राक्टिकल एजुकेसनलाई नै केन्द्रित गरेर हामीले एजेण्डा आघि सारेका हौँ । खेलकुदमा पनि राम्रो गर्ने । शैक्षिक समस्या राजनितिक भागवण्डाको अन्त्य गरि प्रकृया र प्रणालीलाई अगाडि बढाउने प्रतिस्पधात्मक प्रणाली अवलम्वन गर्न लगाउने नै प्रमुख विषय हुन् ।
थापाथली क्याम्पसमा सुधार गर्नु विषयहरु के छन् ?
नियमित कक्षा नहुने अवस्था छ त्यसकव सुधार गर्दै नियमित कक्षा सन्चालन गराउने प्राक्टिकल कक्षा बढाउने मोटिभेसन कक्षा चलाउने र विद्यार्थीहरुलाई दक्ष बनाउनेमा केन्द्रित हुनु पर्दछ ।
तपाईको प्यानललाइ भोटिङ् गर्नु पर्ने कारण के हुन
पुराना सङ्गठनबाट क्याम्पसको सुधार हुन नसकेको अवस्था जगजायारै छ । त्यसैले नयाँ शक्ति विद्यार्थी युनियनले कलेजमा शैक्षिक वातावरण बनाउन पहल गर्ने भएकाले नै हामीलाई मतदान गर्नुपर्दछ भन्ने हाम्रो दावी हो ।