जलेर एकको मृत्यु

251

माघ १९,
ताप्लेजुङ । ताप्लेजुङको एक घरमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । मंगलबार राति आगो बालेर सुतेका ७२ वर्षीय रामबहादुर लिम्बुको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । लिम्बुको शरीर पूरै जलेको अवस्थामा फेला परेको थियो । नजिकै छिमेकी नभएका कारण आगो नियन्त्रणमा लिन ढिलाइ भएको थियो । मृतक लिम्बुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको छ ।