ट्रिपर टाटासुमोमा टोक्किदा २ को मृत्यु

390

काभ्रे । काभ्रेको सागास्थित भैँसेपाटी भन्ने स्थानमा तीब्र गतिको ट्रिपरले आज आइतबार बिहान यात्रुबाहक टाटा सुमोसँग ठोक्किँदा टाटासुमोमा सवार २ जनाको मृत्यु भएको छ । पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको मे १ ज २१९१ नम्बरको टाटा सुमोलाई विपरित दिशाको बा४ख ३५५६ नम्बरको ट्रिपरले ठक्कर दिँदा टाटा सुमोमा सवार मोरङ बधुमाला ७ का मदन श्रेष्ठ र झापा दालाबारी नपा ६ का मिलन कार्कीको मृत्यु भएको काभ्रेका एसपी सहकुल थापाले बताए । उनका अनुसार दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । उनीहरुको बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।