अनुष्काको बिराटभन्दा अगाडि थिए ६ प्रेमी

190

एजेन्सी । केही समययता क्रिकेटर बिराट कोहलीसँग डेट गरिरहेकी छिन् अभिनेत्री अनुष्का शर्मा । यी दुईको प्रेममाथि भारतीय मिडियामा अत्यधिक गसिप बन्ने गर्छ ।
तर, बिराट र अनुष्का दुवैको यो पहिलो प्रेम भने होइन । अनुष्काभन्दा अगाडि बिराटको दुई जनासँग अफेयर चलेको थियो र दुवै बलिउडसँग जोडिएका सुन्दरी थिए । यता, अनुष्का बिराटभन्दा पनि दुई कदम अगाडि छिन् । बिराटभन्दा पहिला उनको कम्तिमा ६ जनासँग नाम जोडिएको थियो । ती नामहरुबारे यहाँ चर्चा गरिएको छ ।
१- जोयब युसूफः र्‍याम्प मोडेल जोयबको अनुष्कासँग बैंगलोरमा भेट भएको हो । यो त्यतिबेलाको कुरा हो जब अनुष्काको करिअर मोडलिङमा सीमित थियो । यी दुई बीच करिब दुई वर्षसम्म अफेयर चल्यो । अनुष्का फिल्ममा आएपछि जोयबको साथ छोडेकी थिइन् ।
२- रणवीर सिंहः रणवीरले आफ्नो पहिलो फिल्म ‘बैन्ड बाजा और बारात’ मा इन्ट्री गरेसँगै अनुष्काको जीवनमा पनि इन्ट्री गरेका थिए । यी दुईको रोमान्सको खबरले बलिउड मिडिया रंगिएका थिए । तर रणवीरको रंगीन स्वभावले गर्दा अनुष्का उनीबाट टाढा हुँदै गइन् ।
धेरैका लागि यो कुरा नौलो लाग्न सक्छ । तर, सत्य के हो भने करण जोहरको पार्टीमा भेट भएपछि यी दुई आपसमा नजिकिएका थिए । उनीहरु थुप्रै अवसरहरुमा सँगसँगै भेटिन्थे । तर समयक्रममा उनीहरुबीच फाटो बढ्यो र एक अर्काको साथ छोड्न पुगे ।
३- शाहिद कपुरः ‘मेरे ब्रदरकी दुल्हन’ को सक्सेस पार्टीमा शाहिद र अनुष्का एकअर्कासँग खुबै लहसिएको देखियो । त्यतिबेला यी दुईको अन्तरंग सम्वन्धबारे मिडियामा निकै चर्चा भएको थियो । यद्यपि यसबारेमा उनीहरु दुवैले कुनै प्रतिक्रिया दिएनन् । समयक्रममा शाहिदसँग पनि अनुष्काको सम्वन्ध टिक्न सकेन ।
४-अर्जुन कपुरः अर्जुन कपुर र अनुष्कालाई जुहूको एउटा रेस्टुरेन्टमा सँगै भेटिएपछि उनीहरुको सम्वन्धबारे विभिन्न अनुमान लगाउन थालिएको थियो । त्यसपछि उनीहरु धेरै ठाउँमा हात समातेर घुमिरहेका देखिए । यद्यपि यो सम्वन्ध पनि दिगो हुन सकेन ।
५-सुरेश रैनाः बिराटभन्दा पहिले पनि अनुष्काको एक क्रिकेटरसँग प्रेम बसेको थियो । ती क्रिकेटर थिए सुरेश रैना । अनुष्काका दाई स्थानीय स्तरका क्रिकेट खेलाडी हुन् । उनैमार्फत रैनासँग अनुष्काको चिनजानी भएको थियो । बिस्तारै उनीहरु घनिष्ठ साथी बन्दै गए । एक पटक रैनाले आफूहरुबीच विशेष सम्वन्ध रहेको स्वीकारेका थिए ।