‘म गर्भवती थिएँ, बच्चा पनि बचाउन सकिनँ, श्रीमानले छाडेर हिडे’

218

दिल्ली । भारतको चंढीगढमा एउटा गोप्य ठाँउमा एक वैठक आयोजना भयो, यसमा पुरै पंजावका महिला सहभागी भए, जसलाई विदेशमा रहेका उनका पतिहरुले छाडेका थिए । यी महिला वैठकमा एक गैरसरकारी संस्थाले सहयोग गर्ने आशामा वैठकमा सहभागी भएका थिए ।
हेल्पिङ हेल्पले नामको यस गैरसरकारी संस्थाका प्रमुख हुन, अमनजोत कौर रामूवालिया । उनको अनुमान छ कि पुरै पंजावमा यस्ता खालका १५ हजार महिला छन् । उनीहरुको भनाई छ कि, यो सख्याँ बढिरहेको छ, यसमा थोरै पढेलेखेका महिला पनि छन, दूर्गम गाँउका छन् । उनीहरु संकटमा छन् ।
उनी भन्छिन्, ‘यो समाज महिला पीडित भएर रहन मन्जुर छन् । मेरो भनाई क छि यो मानवअधिकारवादको हनन हो ।’
यस्ता पीडित महिलाका श्रीमान सारा दुनियाँमा छन् । खास गरेर अमेरिका, बेलायत र क्यानाडामा रहने धेरै छन् । ती महिला विदेशमा राम्रोसँग बस्ने आशामा विवाह गरेका थिए । तर, धेरैजसो श्रीमानको उदेश्य चाहीँ माया भन्दा पैसा नै बढी थियो । यस्ता पतिमा एक तिहाई बेलायतमा रहेको अनुमान छ । रामूवालिया भन्छिन्, ‘ ती केटाहरु भारत आउँछ् र धेरै भन्दा धेरै दाइजो माग्छन् । विवाह गर्छन, दाइजोको पैसामा हनिमुन जान्छन् । त्यसपछि उनीहरु फर्केर आउँदैनन् । पत्नीका दुखका दिन शुरु हुन्छ ।’
भारतमा यस्तो परम्परा छ कि, केटीको परिवार केटालाई दाइजोमा पैसालगायत अन्य उपहार दिन्छन् । यद्यपी यसमा १९६१ मा यसलाई गैरकानुनी बनाइएको थियो । यो उपहार कैयौ पटक लाखौ रुपैयाँमा हुन्छ ।
कमलजीत कौर नामक यी महिलाको विवाह इटली निवासी एक व्यक्तिसँग तीन बर्ष पहिला भएको थियो । तर, विवाहको केही महिनापछि उनी कमलजीत छोडेर गए । त्यसबेला कलमजीत गर्भवती थिइन् ।
उनले भनिन्, ‘हाम्रो विवाको केहीदिनपछि श्रीमानले दाइजोलाई लिएर झगडा शुरु गरे । उनीले मेरो परिवार तिमीसँग खुसी छैन भने ।’
कैयौ स्वास्थ्य समस्याकासाथ कमलजीतले बच्चा पाइन् । तर, केटाका बुवाले उनलाई केही सहयोग गरेनन् ।
उनको भनाई छ कि, बच्चा अपाग थियो । केही महिनापछि उसको मृत्यु भयो । तर, पनि कमलजीतका पतिले उनलाई सम्र्पक गरेनन्, केही सोधपुछ गरेनन् ।
कुनै विदेशी नागरिकको भारतमा सम्बन्ध विच्छेद दिन निकै खर्चिलो र झन्झटिलो छ । कैयौ पटक यसको असर केटीको परिवारमा पनि पर्ने गरेको छ ।
दलजीत कौर नन रेसिडेन्सल इन्डियन कमिशनाका वकिल हुन् । यो संगठन विदेशी नागरिकका विषयमा काम गर्छ ।
उनी भन्छन्, ‘हाम्रो न्यायकि प्रक्रिया गति चुस्त छ । यसमा फैसला हुनुमा बर्षौ लाग्छ । यो बहुत मुस्किल काम हो । र ठूलो कुरा यो हो कि यी केटीहरुसँग यस्तो न्याय प्रक्रिया पुरा गर्न पैसा पनि हुँदैन ।’
यसरी महिलालाई अलपत्र पार्नु भारतमा अपराध हो । यदि कुनै विदेश नागरिक भारतीय न्यायक्षेत्रलाई छाडेर गयो भने उसलाई फिर्ता गराएर मुद्दा लडन निकै कटिन काम हुन्छ ।
अमनजीत भन्छन्, हामीले सुनेका घटनामा कैयौ त डराउन दिने खालका छन् ।
उनी भन्छिन्, ‘एक केटी विवाह हुन्छ, पति सुनियोजित तरिकाले उसको बलात्कार गर्छ र एक बच्चासहित उसलाई छाडेर विदेश जान्छ ।यहाँ यस्तो कुनै कडा कानुन छैन, जसको आधारमा श्रीमानको पछाडि लाग्न सकियोस् । केटीलाई आफ्नो बचेको जीवन छाडेको पत्नीका रुपमा विताउनु पर्छ ।’
यसरी श्रीमानले छाडेका पत्नी भारतमा अनिश्चत जीवन विताइरहेका छन् । यो समाचार बिबिसी हिन्दीसेवाबाट लिएको हो