आज बिहानको भूकम्पले रामेछापमा एक बालक घाईते

330

फागुन १६,
रामेछाप । रामेछाप केन्द्रविन्दु भएर भूकम्पको दुईवटा पराकम्प जाँदा भाग्ने क्रममा रामेछाप मन्थलीका एक बालक घाइते भएका छन् । उक्त पराकम्पमा मन्थलीस्थित लिटिलस्टार बोर्डिङका बिद्यार्थी साहिल कटुवाल भाग्ने क्रममा लडेर गम्भीर घाइते भएका हुन् ।बिहान ९ बजेर २२ मिनेट जाँदा रामेछाप केन्द्रबिन्दू बनाएर ४।६ म्याग्निच्युडको पराकम्प गएको हो । उक्त भूकम्प पछि घर बाहिर निस्केका सर्वसाधारण केही क्षणपछि आ–आफ्नो काममा फर्केपछि फेरी भूकम्प गएको थियो । पहिलो ४ दशमलव ६ र दोस्रो ४ दशमलव ७ रेक्टर स्केलको थियो । दुवै पटकको पराकम्पको केन्द्रबिन्दु सदरमुकाम मन्थलीबाट पुर्वतर्फ ५ किलोमिटर टाढा सुनारपानीको कार्कीटारमा थियो ।
अहिलेसम्म ४७९ वटा पराकम्प अमापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । चार म्याग्निच्युडभन्दा माथिको पराकम्प मात्र केन्द्रले मापन गर्दछ । रामेछापमा विगतको भूकम्पबाट चर्किएका पुराना संरचनाहरुमा केही क्षति भएको छ । कच्चि घरहरु अरु चर्किएका छन् ।
सोमबार बिदाको दिन भएकोेले अधिकांश मानिसहरु घर भित्र थिए । लगातार भुकम्प आएपछि मानिसहरु त्रसित मुद्रमा धर बाहिर निस्कीएका थिए । भूकम्पका दुई कम्पन पछि पनि अरु दुईवटा साना कम्पन गएका छन्