दुई हिरोईनसँग सलोनको रोमान्स गर्ने

233

काठमाडौं । गोपालचन्द्र लामिछानेको निर्देशन रहने चलचित्र लम्फूको औपचारिक निर्माण घोषणा भएको छ । राजधानीमा चलेको हप्तौं लामो वर्कसपपछि फ्लोरमा जाने निश्चिततापछि निर्माण टिमले कास्ट एण्ड क्रियू पनि सार्वजनिक गर्यो । शक्तिवल्दव घोरासिनी निर्माता रहने चलचित्रमा कबिर खड्का, मरिस्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, ओम गुरुङ, कुशाग्र भट्टराई लगायत प्रमुख अभिनयमा रहनेछन् । सुखी र सम्पन्न जीवन जिउँने लक्ष्यका साथ शहर पसेको एक युवकको जीवनका यात्रा सुरु भए पश्चात उत्पन्न हुने आरोह अवरोहको कथा फिल्मले बोल्नेछ । अर्जुन पोखरेलको संगीत रहने चलचित्रमा द्वन्द्व अष्ट महर्जनको रहनेछ भने दिपक बज्राचार्यको छायांकन तथा हरि सिलवालको सम्पादन रहनेछ । नृत्य निर्देशनमा रामजी लामिछाने छन् । पुनम ईन्टरटेन्मेन्टको कस्ट्युम डिजाईन रहने चलचित्रलाई ४० दिन भित्र खिचिसक्ने लक्ष्य निर्माण टिमले राखेको छ । यसै साताबाट फ्लोरमा जाने निर्देशक लामिछानेले बताए । पश्चिम नेपालको पर्वत र काठमाडौंमा लम्फू खिचिनेछ ।