बेल्जियम जनसम्पर्क समितिको अध्यक्षमा सापकोटाको उम्मेद्वारी

230

फागुन १३,
बेल्जियम । नेपाली जनसम्पर्क समिति बेल्जिययमको आसन्न चौथो अधिवेशन अन्तर्गत अध्यक्ष पदका लागी सीता सापकोटाले उम्मेदवारी घोषणा गरेकी छन् । सापकोटाले उम्मेदवारी घोषणा गर्दै योग्यता, क्षमता, अनुभव र योगदानको आधारमा अध्यक्ष पदको आकांक्षी बनेको बताएकी छन् । प्रवासमा रहँदा नेपालीहरुको सुख दुखमा सहभागी हुने सापकोटा सामाजिक संस्थामा पनि उत्तिकै सक्रिय छन् । आगामी ०५ मार्च मा शुरु हुने अधिवेशनको नेपाली कांग्रेसका महामन्त्री शशांक कोईराला, केन्द्रीय प्रतिनिधि सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य द्वय चन्द्र भण्डारी र एनपी साउद लगाएतको सहभागिता हुने बताइएको छ । यूरोपमा रहेका जनसम्पर्क समिति अध्यक्ष तथा प्रतिनिधि हरुको समेत सहभागिता रहने छ भने १२ मार्चमा नयाँ नेतृत्वका लागी निर्वाचन हुने कार्यक्रम रहेको छ ।