प्रतीक्षालयमा पुरुषको शव

174

फागुन १३,
चितवन । चितवनको रत्ननगर नगरपालिका–८ स्थित भानुचोकमा एक पुरुष मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार भानुचोकस्थित प्रतीक्षालयमा अन्दाजी ४५ वर्षका जस्तो देखिने पुरुष मृत भेटिएका हुन् । उनको पहिचान खुलेको छैन । स्थानीयवासीले दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले शवको मुचुल्का गरी अहिले शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जनाएको छ । माथि चेक सर्ट, कालो कोट, तल कालो पाइन्ट लगाएको पुरुष व्यक्ति भएकाले यस्तो कपडा लगाएको व्यक्ति कोही हराएको भए प्रहरीमा सम्पर्क गरी शव बुझ्न आज एक सूचनामार्फत प्रहरीले आग्रह गरेको छ ।