Saturday, September 26, 2026
Home Uncategorized मनिषा कोईराला आमा बन्दै

मनिषा कोईराला आमा बन्दै

328

सम्राट दाहालसँगको वैवाहिक सम्बन्ध विच्छेद गरेकी नेपाली तथा वलिउड अभिनेत्री मनिषा कोईराला अब आमा बन्ने भएकी छिन् । क्यान्सर जस्तो रोगलाई जितेर पुनर्जीवन पाएकी मनिषाले निको भएको पाँच बर्षपछि अब बच्चाको आमा बन्ने निर्णयमा पुगेकी हुन् । मनिषा कसरी आमा बन्दैछिन् त ? मनिषाले कुनै बच्चालाई जन्म दिएर आमा बन्न लागेकी भने होईनन् । जानकारीमा आएअनुसार मनिषाले एक वालिकालाई ’एडप्ट’ गरेर पालन पोषण गर्ने र उनैको आमा बन्ने निर्णय लिएकी छिन् । रोजबाट पुर्णत निको भईसकेकोले अब एक धर्मपुत्री पाल्ने निर्णयमा पिगेको बताउँदै मनिषाले उक्त निर्णयबाट आफु उत्साहित भएको समेत बोलेकी छिन् । धर्मपुत्री पालेर आमा बन्दै गरेकी मनिषाले उक्त कामलाई आप्नो जीवनको नै नयाँ पाटो भनेकी छिन् ।