मनिषा कोईराला आमा बन्दै

319

सम्राट दाहालसँगको वैवाहिक सम्बन्ध विच्छेद गरेकी नेपाली तथा वलिउड अभिनेत्री मनिषा कोईराला अब आमा बन्ने भएकी छिन् । क्यान्सर जस्तो रोगलाई जितेर पुनर्जीवन पाएकी मनिषाले निको भएको पाँच बर्षपछि अब बच्चाको आमा बन्ने निर्णयमा पुगेकी हुन् । मनिषा कसरी आमा बन्दैछिन् त ? मनिषाले कुनै बच्चालाई जन्म दिएर आमा बन्न लागेकी भने होईनन् । जानकारीमा आएअनुसार मनिषाले एक वालिकालाई ’एडप्ट’ गरेर पालन पोषण गर्ने र उनैको आमा बन्ने निर्णय लिएकी छिन् । रोजबाट पुर्णत निको भईसकेकोले अब एक धर्मपुत्री पाल्ने निर्णयमा पिगेको बताउँदै मनिषाले उक्त निर्णयबाट आफु उत्साहित भएको समेत बोलेकी छिन् । धर्मपुत्री पालेर आमा बन्दै गरेकी मनिषाले उक्त कामलाई आप्नो जीवनको नै नयाँ पाटो भनेकी छिन् ।