लाइसेन्स सम्बन्धी सबै काम माघ १७ पछि

152

काठमाडौं । यातायात व्यवस्था विभागले तयार पारेको सफ्टवेयरमा समस्या देखिएपछि लाइसेन्स सम्बन्धी सवै काम रोकिएको छ । तीन दिनदेखि रोकिएको लाइसेन्स सम्बन्धी काम अरु चार दिन कायमै रहने विभागले जनाएको छ । अर्थात माघ १७ गतेसम्म लाइसेन्स नवीकरणको काम रोकिनेछ । तर, यो वीचमा दुई दिन विदा परेकाले दुई दिनमात्र सर्वसाधरणको काम रोकिनेछ । माघ १७ बाट भने काम नियमित शुरु विभागको भनाई छ । यसैबीच यातायात तथा भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले लाइसेन्स नवीकरणमा समस्या देखिएपछि विभागका अधिकारीलाई बोलाएर यसवारे जानकारी लिएका छन् । जवाफमा मन्त्रालयका सचिव र विभागका अधिकारीहरुले सफ्टवेयर अपग्रेड गर्नुपर्ने भएकाले १७ गतेबाट मात्र लाइसेन्स सम्बन्धी काम सुचारु गर्न सक्ने जानकारी दिएका छन् । स्रोतका अनुसार मन्त्री लेखकले फेरि यस्तो समस्या नआउने गरि तत्काल सफ्टवेयर अपग्रेड गर्न र सर्वसाधरणलाई सहज सेवा दिन निर्देशन दिएका छन् ।