Saturday, September 26, 2026
Home Uncategorized आर्थीक वर्ष भित्रमै काम सक्ने विशेष नापिकार्यालयको लक्ष्य

आर्थीक वर्ष भित्रमै काम सक्ने विशेष नापिकार्यालयको लक्ष्य

237

आर्थीक वर्ष भित्रमै काम सक्ने विशेष नापिकार्यालयको लक्ष्य
लालबहादुर विक,
फगुन,१२ अछाम । अछाम जिल्ला विशेष नापिकार्यालयले २०६४ साल भदौ बाट सञ्चालन आएको नापिको काम २०६४ साल असार मसान्त सम्म सक्ने लक्ष्य राखेकोछ । ७५ गाविस मध्य २७ ओटा गाविसमा काम सकिएको र ५ वटा गाविस तत्काल बुझाउने तयारिमा रहेको जानकारि दिएको छ । बाँकि ४८ गाविस मध्य ३८ गाविसमा पहिलो चरणको काम सकिएको र केहि छुटफुटभएका गाविस दर्ताको तयारिका लागि माग गरिएका छन । ३८ मा ६ वटाको दर्ताको सुचना निकालिसकेको र बाँकि गाविसका लागि छिट्टै सुचना निकालिने जानकारि दिएको छ । आनन्दका अनुसार अहिले सम्म लक्ष्य अनुसार नै काम भैरहेको छ । गत वर्ष मात्र १९ गाविसको नापनक्साको काम सकिएको र लाल पुर्जा वितरण क्रकममा रहेको यि लाल पुर्जा २०७४ बैशाखमा वितरण गरिसक्ने जानकारि नापि कार्याले दिएको छ । बाँकि १३ वटामा ढाकुको नापनक्साको काम सकि सकेको र त्याहाँका जनताहरु संग पुरानो लाल पुर्जा या त्यस्तो सामाग्री नहुँदा दर्ता हुन नसकेको सुचना अधिकारि सुसिल आनन्दले जानकारी दिए ।