आर्थीक वर्ष भित्रमै काम सक्ने विशेष नापिकार्यालयको लक्ष्य

229

आर्थीक वर्ष भित्रमै काम सक्ने विशेष नापिकार्यालयको लक्ष्य
लालबहादुर विक,
फगुन,१२ अछाम । अछाम जिल्ला विशेष नापिकार्यालयले २०६४ साल भदौ बाट सञ्चालन आएको नापिको काम २०६४ साल असार मसान्त सम्म सक्ने लक्ष्य राखेकोछ । ७५ गाविस मध्य २७ ओटा गाविसमा काम सकिएको र ५ वटा गाविस तत्काल बुझाउने तयारिमा रहेको जानकारि दिएको छ । बाँकि ४८ गाविस मध्य ३८ गाविसमा पहिलो चरणको काम सकिएको र केहि छुटफुटभएका गाविस दर्ताको तयारिका लागि माग गरिएका छन । ३८ मा ६ वटाको दर्ताको सुचना निकालिसकेको र बाँकि गाविसका लागि छिट्टै सुचना निकालिने जानकारि दिएको छ । आनन्दका अनुसार अहिले सम्म लक्ष्य अनुसार नै काम भैरहेको छ । गत वर्ष मात्र १९ गाविसको नापनक्साको काम सकिएको र लाल पुर्जा वितरण क्रकममा रहेको यि लाल पुर्जा २०७४ बैशाखमा वितरण गरिसक्ने जानकारि नापि कार्याले दिएको छ । बाँकि १३ वटामा ढाकुको नापनक्साको काम सकि सकेको र त्याहाँका जनताहरु संग पुरानो लाल पुर्जा या त्यस्तो सामाग्री नहुँदा दर्ता हुन नसकेको सुचना अधिकारि सुसिल आनन्दले जानकारी दिए ।