निर्वाचन घोषणासंगै मतदातानामावली संकलन कार्य बन्द

281

फागुन ११ ।
भक्तपुर । सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेसंगै मतदाता नामावलीमा नाम समावेश गर्ने कार्य बन्द भएको छ । निर्वाचन आयोगले परिपत्रजारी गरेसंग नामावली संकलन कार्य रोकेको जिल्ला निर्वाचन कार्यालय भक्तपुर अधिकृत उमेश राई जनकारी दिएका छन् । नामावली संकलन कार्य भक्तपुरमा मात्र नभएर मुलुकभर बन्द भएको निर्वाचन कार्यालयले जनाएको छ । २०७० सालको संविधान सभाको निर्वाचन भन्दा अगाडी १ लाख ४९ हजार ५ सय ५८ रहेकोमा २०७२ फागुन मसान्त सम्म १२ हजार ७ सय ५ जना वृद्धी भएको जिल्ला निर्वाचन अधिकृत राइले बताए । सम्म चलाइएको मतदाता नामवली संकलन तथा अध्यावधिक विशेष कार्यक्रम र जिल्ला प्रशासानमा दर्ता भएका नामावली समेत गरेर जिल्लामा यो वर्ष १ हजार ४ सय ५७ जना मतदाता थपिएका छन् । जसमा पुरुष ७ सय १० र महिला ७ सय ४७ रहेका छन् । भक्तपुरमा महिला मतदाताको संख्या ८३ हजार ९ सय २१ तथा पुरुष मतदाताको संख्या ८१ हजार ४५ जना रहेका छन् । भक्तपुरमा हालसम्म १ लाख ६४ हजार ९ सय ७६ जना मतदाताका रहेको निर्वाचन अधिकृत राईले जानकारी दिएका छन् । उक्त संख्यामा हालको वर्ष मृत्यु भएका मानिसको संख्या हटाउन बाकी रहेको राईले जानकारी दिएका छन् । यहाँ कुल जनसंख्याको ५३.६७ प्रतिशत मतदाता रहेका छन् । भक्तपुरमा विभिन्न राजनितिक पार्टी निर्वाचनकोलागि दर्ता भएका छन् । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी, राप्रपा लगायतका ३६ वटा दल रहेका छन् ।