पाटीमा जान्छु भनि घरबाट हिडेका व्यक्ति मृत भेटीए

244

माघ २८,
भक्तपुर । घरबाट पाटीमा जान्छु भनि हिडेका एक व्यक्ति मृत फेला परेका छन् । सुर्यविनायक नगरपालिका – १२ चितापोल देउजा गाँउ बस्ने ३६ बर्ष ३६ को राम देउजा मृत भेटिएका हुन् । बुधबार फन भ्याली पार्टीमा जान भनी हिडेको उनको शव विहिबार बिहान सात बजे नलिन्चोक जोरपाटी स्थित खेतमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धान कार्य गरी शव पोष्टमार्टमको लागी त्रि.वि.शिक्षण अस्पताल काठमाण्डौ पठाईएको । थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता प्रहरी उपरिक्षक प्रसाईले बताए ।