पुरुषको पहिलो नजर महिलाको यि अंगमा

366

एजेन्सी । कुनै सुन्दर युवतीलाई देख्दा पुरुषको पहिलो नजर युवतीको कुन अंगमा पर्ला रु पहिलोपटक कुनै महिलालाई भेट्दा पुरुषले झ्वाट्ट कुन अंगमा नजर डुलाउला रु धेरैको उत्तर हुनसक्छ वक्षस्थल । तर एक अध्ययनले भने यो कुरा झुटो सावित गरिदिएको छ । एक अन्तराष्ट्रिय सर्भेक्षणबाट प्राप्त नतिजालाई विश्वास गर्ने हो भने पुरुषको पहिलो नजर महिलाको आँखामा पर्दछ ।
पहिलो नजर महिलाको आँखामा जुधाइसकेपछि पुरुषले त्यसपछि महिलाको कुन अंग हेर्छ होला रु यसमा पनि तपाइँको अनुमान नमिल्न सक्छ । पुरुषले दोश्रो नजर महिलाको मुख अर्थात् मुस्कानमा लगाउँछ । तेश्रो नजर बल्ल महिलाको वक्षस्थल वा कम्मर भन्दा तल्लो भागतिर पर्छ ।
डेलीमेलमा छापिएको खबर अनुसार सर्भेक्षणमा सहभागि गराइएका ७० प्रतिशत पुरुषले पहिलोपटक महिलासँग भेट हुँदा आफ्नो पहिलो नजर महिलाको आँखामा पर्ने बताए । बेलायती संस्था ड्रपले १ हजार पुरुष र १ हजार महिलामा गरेको सर्भेक्षण अनुसार महिलाको वक्षस्थल पुरुषको हेराइएको तेश्रो प्राथमिकतामा पर्छ ।
सर्भेक्षण अनुसार कतिपय पुरुषले महिलाको वजन तथा हेयर स्टाइलमा पनि विशेष ध्यान दिन्छन् । यी सबै कुरा राम्रो लागेपछि मात्र पुरुषले महिलाले लगाएका लुगा तथा महिलाको उचाइमा ध्यान दिन्छन् ।
पुरुषहरुले सबैभन्दा बढि बेवास्ता गर्ने वा सबैभन्दा पछि हेर्ने अंग भनेको महिलाको नाक रहेछ । अध्ययन अनुसार महिलाहरुले भने पुरुषको छातिमा पहिलो नजर पूराउँछन् ।