अशिष्माको अंगालोमा….

292

काठमाडौं । बिरगंजमा धमाधम फिल्म मेलाको छायाँकन भइरहेको छ । अनि फिल्मले नयाँ क्यामेष्ट्री जन्माएको छ अभिनेता आमेश भण्डारी र अभिनेत्री अशिष्मा नकर्मीबीच । प्राप्त तश्विरले नै बोल्छ फिल्ममा आमेश र अशिष्माको प्रेम अनि क्यामेष्ट्री । डेब्यू फिल्म फूलैफूलको मौसम तिमीलाई ले शुन्यता दिएपछि सफलता खोज्न हतारिएका आमेश दोश्रो प्रोजेक्ट ’मेला’ गरिरहेका छन् । उता अशिष्मा पनि सोलो हिरोइनमा सफलता खोज्दैगर्दा दुबै लिड कलाकारको लागी यो प्रोजेक्ट विशेष छ । उल्लेखित अनुहारसँगै सलोन बस्नेत लिड अभिनयमा रहेको ’मेला’लाइ एक्शन कट वसन्त निरौलाले गरिरहेका छन् भने दिव्य सुवेदी फिल्मका छायाँकार छन् । अर्को वर्ष रिलिज हुने फिल्मलाइ लिएर उत्साहित आमेशले फिल्मको लागी निकै मेहनत गरेको भन्दै सफलता पाउनेमा आशा व्यक्त गरे ।