सुरक्षमा चुनौती भन्दैः प्रहरीको विप्लव माओवादी र सिके राउत कार्यकर्तामाथि कडा निगरान

173

काठमाडौं । देशमा सशस्त्र संघर्ष गर्ने धम्की दिइरहेको नेत्रविक्रम चन्द (विप्लव) माओवादी निकट कार्यकर्ताहरुको विवरण संकलन कार्य नेपाल प्रहरीले सुरु गरेको छ । विभिन्न जिल्लाहरुमा सिके राउतका कार्यकर्तासँगै (विप्लव) माओवादी निकट कार्यकर्तामाथी पनि प्रहरीले यो अभियानको सुरु गरेको हो । चन्द नेतृत्वको माओवादीले देशमा सशस्त्र संघर्ष गर्ने धम्की दिइरहेको र आगामी चुनावमा हिंसात्मक गतिविधि गर्ने सम्भावना भएकाले उनीहरुमाथि निगरानी थालिएको छ । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउत बिहीबार पक्राउ परेका थिए । विशेष गरी सिके राउतको प्रभाव रहेको भनिएका तराई मधेसका जिल्लाहरु रहेका प्रहरी कार्यालयहरुलाई गृहमन्त्रालयले सर्कुलर नै पठाएर सिके राउत र विप्लव माओवादीका स्थानीय कमिटीहरुको नाम संकलन गरी पठाउन भनेको छ । प्रहरीले सिराहाका विभिन्न स्थानमा सिके राउतको उपस्थिति देखिए पनि विप्लव माओवादीको भने उपस्थिति खासै नदेखिएको प्रतिवेदन प्रहरी हेडक्वार्टरमा पठाएको छ । जस्तै इप्रका लाहानले पठाएको प्रतिवेदनमा त्यहाँ विप्लव माओवादी नदेखिएको उल्लेख छ । तर, पहाडका जिल्लाहरुमा भने विप्लव माओवादीको गतिविधि रहेको भन्दै उनीको नाम संकलन भइरहेको प्रहरी स्रोतले बतायो । संविधानको कार्यान्वयन र निर्वाचनलाई सफल पार्नका लागि देशमा एकातर्फ सिके राउत र अर्का्तिर विप्लव माओवादी मुख्य चुनौती रहेको सरकारको विश्लेषण छ । र, यही कारणले गृहमन्त्रालयले सिके राउतका कार्यकर्तासँगै विप्लव माओवादीको पनि निगरानी बढाएको हो । यता जनकपुरबाट पक्राउ गरी राउतलाई सिरहा पु¥याएको छ ।