धर्मको नाममा मानविय संवेदनासंग खेलिदै

715

हेमराज ढकाल
नेपाल विश्वको मानचित्रमा प्राकृतिक रुपमा सुन्दर, शान्त विशाल हिमालीभूमि हो । विभिन्न कालखण्डमा बाईसे चौबिसे राज्य हुदै अनेक राजनीतिक परिवर्तन भोगेको नेपालमा हाल आएर धर्मको आडमा राजनीति गर्ने खेल हुन थालेको छ । ३ करोड ५० लाख हाराहारी जनसंख्या रहेको यो देशमा बहुसंख्या हिन्दुहरुको बसोबास रहेको छ । भगवान बुद्धको जन्मभूमि यो माटोमा सदियौंदेखि सबै धर्म मिलेर बसेकोमा हाल आएर कोही पैसाको आडमा धर्म परिवर्तन गराउने त कोही राजनीति गर्न थालेका छन् । धर्म जस्तो अति संवेदनशील कुरामा सधै कोट्याएर आमजनमानसमा भ्रम छर्न खोज्नु ति सबैको मुर्खता हो । सबै धर्म फरक फरक होला तर उद्देश्य एउटै हो मानव कल्याण र विश्वशान्ति नै हो । कुनै पनि धर्मले अपराध गर्न प्रेरित गर्दैन तर धर्म किन्ने, बेच्ने र राजनीति गर्नेले भने तपाई हामीलाई नै अपराधिक बनाउन खोज्दैछन् । कुनै पनि कुरा कट्टर हुनु सम्रग समाज र देशको लागि हानी हो भन्ने जान्दा जान्दै पनि सवेदनशील कुरालाई बारम्बार चलाउनु राम्रो होईन । भगवान पशुपतिनाथको यो देवभूमि उनैको महिमा गाउदै जनतालाई झुक्याएर राज गर्न चाहने नेताहरुले देशको विकास भन्दा विनास गर्न खोज्दैछन् । हिन्दु, बौद्ध, इस्लाम, इसाई, सिक, किरात, जैन हामी सबैको यो साझा फुलवारीमा फूलहरु मासेर अफिम रोप्ने तयारीमा धेरै जना लागेका छन् । २०६२÷६३ को जनआन्दोलन पछि धर्मनिरपक्ष घोषित नेपाल पुन उक्त घोषणा उल्टाउने र कायम गर्ने विच बैचारिक द्वन्द्व सिर्जना भइसकेको छ ।
आरोप प्रत्यारोपमा मात्र सिमित हुदै भोली विदेशीको पैसामा मातृभूमिको काखमा खेल्न पल्किसकेका यी दुवै पक्षले आप्mनो निहित स्वार्थ पुरा गर्न हाम्रो मस्तिष्कमा पनि गलत रक्त सञ्चार पैदा गर्नेछन् । पछिल्लो २ सय बर्षको नेपालको स्वर्णिम इतिहासमा हाम्रो पूर्खाले धर्मको नाममा कहिल्यै लडेको बृतान्त छैन । हिन्दु, बौद्ध, इस्लाम, इसाई एक हुदै मुलुकको भविष्यको रेखा कोरेको सर्ववितिदै छ । तर २०७० को संविधान सभामा धर्मको आडमा चुनाव जित्ने र विभिन्न बहाना र लोभ देखाउदै धर्म परिवर्तन गराउदै हिड्नेहरु तपाई हाम्रो शत्रु हुन् । हामी नेपालीे समाजमा एक हुुदै नया नेपाल निर्माण गर्न लागि रहदा धर्मलाई टेकेर राजनीति गर्नेहरुसंग सजक हुनु पर्दछ । अर्कोतर्फ लोभ मोहमा आप्mनो स्वाभिमान गुमाउनु हुदैन । धर्म रिती अनि थिती हो यसलाई बेथिति बनाउन लाग्नु हुंदैन । पापबाट मुक्त हुन धर्म मान्दैमा र फेर्दैमा अनि मन्दिर, मस्जिद, चर्च र गुम्बामा जादैमा हुने अन्धविश्वासमा आजको विकसित समाज रहनु राम्रो सन्देश होईन । असल काम, समाज सेवा, मानव हित लगायतका काम गर्न सके आफै धर्म हुन्छ । त्यसैले धर्म आस्था हो, व्यापार होईन, धर्म सम्मान हो राजनीति होईन विभिन्न वहानामा नेपाली एकता फुटाउन खोज्नेसंग हामी सचेत र सर्तक हुनुपर्दछ ।