लाम्पार्डले लिए खेल जीवनबाट सन्यास

264

एजेन्सी । चेल्सी तथा इंग्ल्याण्डका पूर्व मिडफिल्डर फ्रांक लाम्पार्डले खेल जीवनबाट सन्यास लिएका छन् । पछिल्लो दुई वर्ष अमेरिकाको लिग क्लब न्यूयोर्क सिटीबाट खेलेका उनले २१ वर्ष खेलाडी जीवनबाट सन्यास लिउका हुन् । उनले यो निर्णय सामाजिक सञ्जालबाट सार्वजनिक गरे । लाम्पार्डले चेल्सीबाट ६४९ खेल खेलेका छन् भने इंग्ल्याण्डबाट १०६ क्याप जितेका छन् । ‘मलाई अहिले पनि खेल्न अफरहरु आइरहेको छ । तर, जीवनको अर्को अध्याय सुरु गर्न यो उपयुक्त समय हो, उनले भने ।