Saturday, September 26, 2026
Home Uncategorized ‘युवाहरुको शक्ति र उर्जा यो धर्तिमा सदुपयोग हुन जरुरी’

‘युवाहरुको शक्ति र उर्जा यो धर्तिमा सदुपयोग हुन जरुरी’

330

लालबहादुर विक
अछाम । पूर्व उपप्रधानमन्त्री रावलले युवाहरुको शक्ति र उर्जा यो धर्तिमा सदुपयोग हुन जरुरी रहेको बताए । देशले राजनीतिक स्थायित्व देख्न चाहेको भन्दै नेता रावलले जेसीजमा आवद्ध युवाहरुले त्यसतर्फ समेत भूमिका खेल्नुपर्ने बताए । नेपालीहरु संग अव पर्खिने समय नभएको भन्दै उनले सबै एकताबद्ध भएर देशको मुहार फेर्नुपर्ने उल्लेख गरे । युवाहरुको भूमिका त्यसतर्फ प्रभावकारी हुनेमा जोड दिए । कार्यक्रममा बिशिष्ट अतिथी रहेका नेपाल जेसीजका उपाध्यक्ष तथा यस क्षेत्रका निरोपित उपाध्यक्ष राजु पौडेलले जेसीजले उद्यमशिलताको विकास गर्ने र ब्यावसायिकतामा युवाहरुलाई उत्प्रेरित गर्ने बताए । अछाम जेसीजको तेस्रो साधारण सभावाट निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसीजका पदाधिकारीको उपस्थिती र पूर्व उपप्रधान एवम रक्षामन्त्री भीम रावलको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रमको अवसरमा अछाम जिल्लालाई स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्यायको र उत्कृष्ट सेवा प्रवाह गरेको भन्दै बयालपाटा अस्पताल लाई संस्थागत सम्मान समेत गरिएको थियो । संस्थाका तर्फवाट मेडिकल निर्देशक डा. बिकास गौचनले सम्मान ग्रहण गर्नुभएको थियो भने उहाँलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । यस्तै वर्षभरीमा उत्कृष्ठ काम गरेकोमा अछाम जेसीज वर्ष २०१६ का महाँसचिव ललित नेपाली रैगाईलाई पनि सम्मानीति गरिएको थियो । कार्यक्रममा अछाम जेसीजका नवनिर्वाचित पदाधिकारीहरु अध्यक्ष टिकेन्द्र भण्डारी, कार्यकारी उपाध्यक्ष ललित रैगाई, मिन बोगटी, उपाध्यक्षहरु होम साउद, बिष्णु भण्डारी, पूर्ण बहादुर खड्का, बिन्दु रावल, महाँसचिव छत्रप्रसाद धमला, कोषाध्यक्ष कविराज जोशी, कानूनि सल्लाहकार बम रावल, अध्यक्ष सल्लाहकार खेमराज ढुंगाना, थिम डाईरेक्टर दान बहादुर साउद लगायतलाई सपथ ग्रहण गराई पदस्थापन गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला स्थित क्रियाशिल राजनीतिक दलका प्रमुख प्रतिनिधी, सरकारी एवम गैर सरकारी निकायका प्रमुख प्रतिनिधी, पत्रकार र जेसीजमा आस्थावान युवाहरुको सहभागिता रहेको थियो । अछाम जेसीज वर्ष २०१६ का कानूनी सल्लाहकार खेमराज ढुंगानाले जेसीज आस्था पाठ गराएका थिए । कार्यक्रममा वर्ष २०१७ का कानूनी सल्लाहकार बम रावलले स्वागत मन्तब्य राखेका थिए । सञ्चालन निवर्तमान महाँसचिव ललित रैगाई र निर्वाचन अधिकृत खडक बहादुर खड्काले गरेका थिए ।