भक्तपुरको होटलमा होक्स बम भेटियो

142

भदौं ६,
भक्तपुर । गेष्ट हाउसमा होक्स बम फेला परेको छ । घटनामा संग्लन एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ मा शिबशरण भुजुले संचालन गरेको दिब्येश्वरी गेष्ट हाउसको पहिलो तलाको एउटा कोठामा पुरानो कुकरमा नाङ्गो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद् बस्तु फेला परेको थियो ।
गेष्ट हाउसको ११० नं. को कोठामा बुद्ध चित्रको माला बेच्न बसेको जिल्ला काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं. २ डाडाँगाउ स्थायी घर भएका बर्ष ३२ का नबिन तामाङ पक्राउ परेका छन् ।
घटनाको विवरण यस्तो छः
बुद्ध चित्रको माला बेच्न दिब्येश्वरी गेष्टमा तामाङ बसेको केही दिन भएको थियो । होटलका संचालकले शिबशरण भुजुले उनले खाएको बसेको चालिस हजार रुपैयाँ पटक–पटक मागे ।
तामाङसंग पैसा नभएकोले गेष्ट हाउस संचालकलाई तर्साउनकोलागी उक्त होक्स बम बनाएर राखेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । हिजो शनिबार साझँ ६ बजेतिर प्रहरीलाई गेष्ट हाउसमा शंकास्पद् बस्तु भेटिएको खबर आयो ।
तत्कालै घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायव उपरिक्षक नरहरी रेग्मीसहिको अनुसन्धान टोली घटनास्थलमा पुग्यो ।
केही समयमा नै नेपाली सेनाको बम डिस्पोजल टोली समेत झिकाई सोहि राति १०ः२० बजेको समयमा शंकास्पद् बस्तुलाई निस्कृय पार्दा बिष्फोटक पदार्थ फेला नपरेको महानगरिय प्रहरी परिसर भक्तपुरका डीएसपी दिपक गिरीले जानकारी दिए ।
उनले भने ‘उक्त वस्तु होक्स बम भएको उक्त कुकर भित्र ब्याट्री तार राखी बिजुलीको प्लगमा जोडेको पाईयो । ’बुद्ध चित्रको माला बेच्न बसेको तामाङले आफ्नै घरबाट ल्याएको प्रेसर कुकरलाई होक्स बम बनाएर गेष्टब हाउसमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको । यसबारेमा थप अनुसन्धान भइरहेको डीएसपी गिरीले जानकारी दिए ।