आज सरस्वती पूजा

210

माघ १९,
काठमाडौं । आज सरस्वती पूजाको दिन हो । सरकारले आजको दिन शैक्षिक संस्थाहरुमा विदा दिएको छ । सरस्वती ज्ञानविज्ञान, कला शिल्प, संगीतकी देवी हुन् । माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमीको रुपमा मनाइन्छ । माता सरस्वतीकी जन्मोत्सव । यसलाई हामी सरस्वती पूजाको रुपमा मनाउने गर्छौं । विधि(विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र प्रशिद्धिको आर्शिवाद प्राप्त हुने विश्वास गरिन्छ । सरस्वती पूजाको दिन सबै शिक्षण संस्थामा शिक्षक एवं विद्यार्थीले सरस्वती माताको पूजा अर्चना गर्छन् । विद्यालय नगएका बालबालिकालाई अक्षर आरम्भ गराउने राम्रो साइत मानिन्छ यस दिनलाई । साथै कुनै पनि नयाँ कामको थालनीको सर्वोत्तम साइत हो आजको दिन ।