रेडक्रस सोसाईटी मंगलसेन उपशाखाको नयाँ नेतृत्व

404

लाल बहादुर विक
माघ, १९ अछाम ।
नेपाल रेडक्रस सोसाइटी मंगलसेन उपशाखाको छैटौं उपशाखा सभा आज सम्पन्न भएको छ । सभाले आगामी ४ वर्षका लागि डम्बर बहादुर बोगटीलाई सभापति पदमा निर्वा्चित गरेको छ । अन्य सदस्यमा धन कुमार के.सी., गिता ढुंगाना, नरेश बहादुर कठायत, नन्दराज ढुंगाना, पदम बहादुर धामी, देवराज जैशी, गोकर्ण प्रसाद भाट, रिजन शर्मा भण्डारी निर्वा्चित भएका छन् । सभाले सभापतिले प्रस्तुत गरेको उपशाखाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष महेन्द्र बहादुर बोगटीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७२।७३ को ९६ हजार १सय ३ को आय ब्यय विवरण र आ. व. २०७३।७४ को १ लाख ३ हजार बराबरको अनुमानित आय ब्यय विवरण अनुमोदन गरेको छ । कार्यक्रमको प्रमुख अतिथि जिल्ला शाखा उपसभापति उदयराज ढुंगाना र विशिष्ठ अतिथि जिल्ला शाखाका कार्यवाहक मन्त्री धुर्व कुमार शाही रहेका थिए । कार्यक्रमको सभापतित्व उपशाखाका नगेन्द्र प्रसाद ढुंगानाले गर्नुभएको थियो भने स्वागत मन्तब्य उप सभापति रंग बहादुर बोगटी र सञ्चालन सचिव डम्बर बहादुर बोगटीले गरेका थिए ।