शव नआएपछि रुवावासी

193

माघ १९,
राजविराज । वैदेशिक रोजगारीका लागि सप्तरीबाट साउदी अरब गएका एक व्यक्तिको मृत्यु भएको दुई महिना भएपनि शव नेपाल आउन सकेको छैन । सप्तरीको वभनगामाकटृी गाविस–३ तोपा निवासी बहादुर मण्डलको मृत्यु भएको दुई महिना भइसक्दा पनि अहिलेसम्म शव घर नआउँदा परिवारमा रुवावासी छ ।फुसको छानो भएको घरलाई पक्की बनाउने तथा छोराछोरीको भविष्य राम्रो बनाउने र शिक्षादीक्षा दिने उद्देश्यले साउदी पुगेका मण्डलको दुई महिना अगाडि पेट दुःखेपछि अस्पताल भर्ना भएका थिए र उनको उपचारको क्रममा मृत्यु भएको थियो । मृतकको परिवारले सम्बन्धित निकाय र नेपाल सरकारलाई शव ल्याइदिन आग्रहसमेत गरेको छ । काठमाडौँस्थित प्रिसियम इन्टरनेसनल प्रालि’ नामक म्यानपावरमार्फत साउदी अरब गएका मण्डलको शव नआउँदा परिवारमा रुवावासी हुनुका साथै घरमा दुई छोरी र एक छोराको शिक्षादीक्षा तथा पालनपोषणमा समेत समस्या भइरहेको उनकी श्रीमती विमलादेवीले गुनासो गरेकी छिन् ।