दुबइमा नेपाली फेशन शो

172

युएइमा पहिलो पटक नेपाली फेशन शो आयोजना हुने भएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै अवार्डदेखि हप्तै पिच्छेजस्तो सांस्कृतिक कार्यक्रम हुने थलो बनेको युएइमा अब पहिलो पटक फेशन शो आयोजना हुने पक्का भएको हो । छेपारो डटकमको आयोजनामा हुने हेमन फाउन्डेशनको सहयोगार्फ हुन लागेको उक्त फेशन शो मा नेपाल र दुबइमा कृयाशिल नेपाली मोडल तथा अभिनेत्रीहरु ¥यापमा उत्रिनेछन् । कार्यक्रममा नेपालबाट अभिनेत्रीहरु पूजना प्रधान, रजनी केसी र बर्षा राउत सँगै मिस नेपाल २०१४ सुविन लिम्बु सहभागी हुनेछन् भने दुबइमा सकृय मोडलहरुले पनि ’क्याट वाक’ गर्नेछन् । नजिकिँदो भ्यालेन्टाइन डेलाई लक्षित गर्दै फेब्रुअरी १० तारिखमा बरदुबइ स्थित फोर प्वाइण्ट्स बाइ शेराटोना होटलमा ’ फेशन फ्यूजन’नाममा कार्यक्रम हुने उक्त फेशन शोमा अभिनेत्री तथा मोडलहरुको कोरियोग्राफीको जिम्मा लिएकी निर्देशक साबित्री खत्रीले बताइन् । काफल पाक्यो निर्देशकले पहिलो फिल्मबाट नै कामको तारिफ पाएकी थिइन् । ठुला साना फिल्म निर्देशनसँगै खत्री कोरियोग्राफीमा पनि सकृय छिन् । नेपालमा थुप्रै फेशन सो गरिसकेकी तृष्णा गुरुङको तर्फबाट उक्त फेशन शो आयोजना हुन लागेको हो ।