श्रीगोपाललाई भव्य नागरिक अभिनन्दन

296

फागुन २२,
भक्तपुर । साँस्कृतिक वाद्य र नाचका गुरु मध्यपुरथिमि नगरपालिका–७ पाँचोका परम्परागत नृत्य तथा वाद्य गुरु जीवित साँस्कृतिक धरोहर श्रीगोपाल प्रजापतिलाई शनिबार मध्यपुर थिमिको बालकुमारीमा हिजो भव्य रुपमा नागरिक अभिनन्दन गरिएको छ । उनी ६ वर्षको बालापनमा ऐतिहासिक ईन्द्र अप्सरा नृत्य गरेर साँस्कृतिक क्षेत्रमा प्रवेश गरेर सिंगो जीवन ऐतिहासिक एवं लोपोन्मुख अवस्थामा रहेका नाच तथा अन्य कुराको संरक्षण गरेका थिए । ओस्ला नेपालको संयोजनमा मध्यपुर थिमिका १०१ सामाजिक संघसंस्थाको सहयोग एवं सहभागितामा जोशीको हातबाट उनलाई भव्य नागरिक अभिनन्दन गरिएको हो । सुन र चाँदीबाट निर्माण भएको १ लाख ५ हजारमा निर्माण गरिएको अभिनन्दन पत्र प्रदान गरी दोसल्ला ओढाएर उनलाई नागरिक अभिनन्दन गरिएको हो । कार्यक्रममा श्रीगोपाल प्रजापतिको तस्बिर अंकित चाँदीको सिक्का सार्वजनिक गरिएको छ भने श्रीगोपाल प्रजापतिको आत्मवृतान्त समेटिएको ‘अनवरत साँस्कृतिक पाइला’ नामक पुस्तक र ‘नागरिक अभिनन्दन स्मारिका’ सार्वजनिक गरिएको थियो ।