प्रेस चौतारी अछामद्वारा पत्रकार महासंघमा तालाबन्दी

266

लालबहादुर विक
माघ १७,
अछाम । पत्रकार महासंघको सदस्यता नविकरण तथा नयाँ सिफारिस धाँधलीपूर्ण तरिकाले भएको भन्दै प्रेस चौतारी अछामले गम्भिर आपत्ति जनाएको छ । पत्रकार महासंघ अछामले विधान विपरित गैैर पत्रकारलाई समेत महासंघको सदस्यता नविकरण र वितरण गरेको भन्दै प्रेस चौतारी नेपाल जिल्ला समिति अछामले बिज्ञप्ती मार्फत आपत्ति जनाउँदै तत्काल सदस्स्यता छानबिनको माग गरेको हो ।
“नेपाली श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण बारे अछाम जिल्लाका सन्दर्भमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, ” बिज्ञप्तीमा भनिएको छ, “नेपाली पत्रकारहरुको गौरबमय ईतिहास बोकेको पत्रकार महासंघ जस्तो संस्थाको मर्यादा, गरिमा र न्यूनतम मूल्य मान्यतालाई समेत ध्यान नदिएर अछाम जिल्लामा सदस्यता नवीकरण तथा सदस्यता वितरण गरिने कामले विधि, विधान र नियम विपरित पत्रकार महासंघ अछामको आधिकारीक बैठक तथा निर्णय बिना गरिएको सिफारिसमा हाम्रो गम्भिर आपत्ति छ । सामान्य पत्रकारिता क्षेत्रमा समेत नरहेका व्यक्तिलाई पत्रकार महासंघको सदस्यता बनाउनु यो लज्जास्पद कुरा हो । ”
प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामका अध्यक्ष टेकराज भण्डारी र पत्रकार महासँघ अछाम शाखाका सचिव शिवराज ढुंगानाद्धारा हस्ताक्षरित फरक फरक बिज्ञप्तीमा अछाम जिल्लामा पत्रकार महासंघको सदस्यता नविकरणका लागि सूचना जारी गरी फाईल संकलनको काम भैरहँदा जिल्लामा क्रियाशिल नै नरहेका र कुनै मिडियामा आबद्ध नरहेका व्यक्तिहरुको सदस्यता जिल्लाको निर्णय वेगर केन्द्रमा नवीकरण गराउन लगाईएको उल्लेख छ । यस्तै नयाँ सदस्यताका विषयमा समेत सामान्य मापदण्ड नै नबनाई गैर पत्रकारलाई समेत सिफारिस गरेको प्रति प्रेस चौतारी नेपाल, जिल्ला समिति अछाम र पत्रकार महासँघ एक पक्षको आपत्ति रहेको बताईएको छ । पत्रकार महासंघको विधान अनुसार सदस्यता नविकरण र नयाँ सदस्यता सिफारिसका लागि जोडदार माग गर्दै यदि त्यो नभएका शशक्त आन्दोलन गरिने बिज्ञप्तीमा जनाईएको छ । प्रेस चौतारी अछामद्धारा पत्रकार महासँघ अछामको कार्यालयमा तालाबन्दि प्रेस चौतारी अछाम द्धारा पत्रकार महासँघ अछामको कार्यालयमा तालाबन्दि गरेको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामका उपाध्यक्ष कालु बोहरा नेतृत्वमा गएको एक टोलिले तालाबन्दि गरेको हो । जिल्लामा क्रियाशिल नै नरहेका र कुनै मिडियामा आबद्ध नरहेका व्यक्तिहरुको सदस्यता जिल्लाको निर्णय विना नै केन्द्रमा नवीकरण गराउन लगाईएको उल्लेख भए पछि प्रेस चौतारी अछाम शाखाले आफु असन्तुष्ट भएको कारण देखाउदै तालाबन्दि गरेको बताईएको छ । यस्तै नयाँ सदस्यताका विषयमा समेत सामान्य मापदण्ड नै नबनाई गैर पत्रकारलाई समेत सिफारिस गरेको र महासँघको सदस्यता सम्बन्धि विधि विद्यान अनुसार सच्चीएर नगए आगमि दिनमा शसक्त आन्दोलनमा उत्रने उपाध्यक्ष बोहरा चेतावनी समेत दिए ।