स्ववियु चुनाव कार्यतालिका सार्वजनिक

307

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । शिक्षाध्यक्षको कार्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय अन्तर्गतको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको शुक्रबार बसेको बैठकले फागुन १४ गते हुने स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिकाका साथै निर्वाचन निर्देशिका र निर्वाचनमा खर्च गर्न सकिने सीमाबारेको जानकारी पनि सार्वजनिक गरिएको छ । कार्यतालिका अनुसार स्ववियु अनुगमन तथा समन्वय समितिले फागुन १ गते मतदाता सुची सार्वजनिक गर्नेछ, ५ गते उम्मेवारीदर्ता गर्ने कार्यतालिका रहेको छ । फागुन १४ गते मतदान हुनेछ । समितिका सदस्य सचिव एवम् विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गंगाबहादुर थापाले त्रिवि अन्तर्गतका सबै क्याम्पस प्रमुखलाई स्ववियु निर्वाचन हुने भएकाले स्नातक र स्नातकोत्तरमा विद्यार्थी भर्ना बन्द गरेर निर्वाचनमा लाग्न निर्देशन दिएका छन् ।