राजधानीका विभिन्न स्कुलमा बम भेटियो

300

bomb-blast-at-kathmandu-57e0e9c4326ec4-71365360 काठमाडौंः काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा बम फेला परेको छ। दुईवटा विद्यालयमा राखिएका बम विष्फोट भएका छन्। बौद्धमा रहेको आकाशदीप बोर्डिङ स्कुल र मनकामना उमाविमा राखिएका सिलिन्डर बम विष्फोट भएको छ।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार सानो आकारको सिलिन्डरलाई बमका रुपमा प्रयोग गरिएकोले विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन। उनका अनुसार आकाशदीप स्कुल, मनकामना स्कुल, इस्टपोल एकेडेमी, एम्बेस्ड एकेडेमी, राई स्कुल, डल्लुको कञ्चनजंगा स्कुल, चप्पल कारखानामा रहेको कान्तिपुर स्कुल र बालसंसार स्कुलमा शङ्कास्पद वस्तु भेटिएको छ।
बम र शङ्कास्पद वस्तु राखिएका स्थानमा योंग कम्युनिस्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र लेखिएको पर्चा भेटिएको छ।प्रवक्ता एसपी प्रद्युम्न कार्कीका अनुसार ती दुई संस्थाले सरकारी र निजी विद्यालयको पाठ्यक्रम एउटै हुनुपर्ने, निम्न आए भएका विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने, निजी र सरकारी विद्यालयको मापदण्ड एउटै हुनुपर्ने लगायतका ९ बुँदे मागसहितको प्रचा छोडेका छन्। चन्दा मागेको र विद्यालयले चन्दा नदिएकाले विष्फोट गराएको हुन सक्ने प्रहरीको आशंका छ ।
बम विष्फोटको आशंकामा दुई पक्राउ
प्रहरीले राpresure-cookerजधानीका विभिन्न विद्यालय अगाडि बम राखेको तथा विष्फोट गराएको आशंकामा दुईजनालाई पक्राउ गरेको छ। पक्राउ गरिएका व्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ। उनीहरुमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख विक्रमसिंह थापाले जानकारी दिए।
उनका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको छ। बम राख्ने मुख्य मान्छे पक्राउ परिसकेको र थप अनुसन्धान भइरहेको थापाले बताए।