शनिबार गायक यमबुद्ध शव नेपाल ल्याइने

281

माघ १३,
काठमाडौं । यमबुद्धको नामले चिनिने चर्चित ¥याप गायक अनिल अधिकारीको शव शनिबार नेपाल ल्याइने भएको छ । श्रीमतीसहित लण्डनमा बस्दै आएका उनले गत माघ १ गते (जनवरी १४) आत्महत्या गरेका थिए । परिवारले शव नेपाल ल्याउने इच्छा राखेपछि शनिबार ल्याउन लागिएको हो । उनको शव इत्तेहाद एयरबाट शनिबार दिउँसो ३ बजे काठमाडौं ल्याउने पारिवारिक स्रोतले जनाएको छ । परिवारका अनुसार, त्रिभुवन विमानस्थलबाट उनको पार्थिव शरीर प्रज्ञा भवन कमलादीमा लगेर श्रद्धाञ्जलीका लागि केही समय राखिने र सोही दिन पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । एक दशकअघि नेपाली ¥याप संगीतमा पाइला चालेका अधिकारीको ‘मेरो जुत्तामा’, ‘साथी’, ‘आउँदै छु म’, ‘फुटपाथ मेरो घर’ लगायत एल्बम निस्किएको छ । पछिल्लो समय उनी ‘खतरा’ नामक एल्बम ल्याउने तयारीमा थिए । ‘साथी’ नामक गीतबाट युवा संगीतप्रेमीहरुमाझ चिनिँदै उनी नेपाली हिपहप गायकका रुपमा छाएका थिए । २९ वर्षीय अधिकारी गत माघ १ गते शनिबार बिहान लण्डनको साउथ ह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए ।