इनफ्लाईट सेक्युरिटीको नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सेना

195

काठमाडौं । सुरक्षा थ्रेटको बाहाना बनाएर भारतले नेपालको विमानस्थल कब्जा गर्ने रणनीति बनाइरहेको बुझिएको । हतियारसहितको भारतीय सेनाले बास मागेपछि संसददेखि सबैतिर चर्को आलोचना भइरहेको समयमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विमानसँगै भारतीय सेना इनफ्लाईट सेक्युरिटीको नाममा काठमाडौंमा उतार्ने गरेको खुलेको छ । यसअघि नयाँदिल्लीमा सम्पन्न भएको द्धिपक्षिय वार्तामा दिल्लीको तर्फबाट नेपालको विमानस्थलमा भारतीय सेना आउने गरेको स्वीकार गर्दै काठमाडौंमा पार्किङ गरिबस्ने जहाजभित्र भारतीय सेना रातैभरि बस्ने गरेको पुष्टि भएको छ । भारतीय पक्षले वार्तामा काठमाडौंस्थित भारतीय सेनालाई एक रात होटलमा बास मागेको भन्दै यसअघि चर्चा भएको थियो । कागजातमा भारतीय जहाजमा सेना चढेर आउने गरेको, सो मध्ये जेट एयरवेजलाई काठमाडौंमा राती बास बस्नु परेकोले सो समस्या हल गर्नको लागि भारतीय सेनालाई एक रात बास बस्न अनुमति माग गरिएको थियो । भारतले नेपालको एकमात्र अन्तर्राट्रिय विमानस्थलमा भारतीय सेना उतारेको पुष्टि भएको छ । काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बास बस्ने भारतीय जहाजभित्र सेना हुनसक्ने आशंका गरीएको छ । काठमाडौंमा बास बस्ने जहाजभित्र हाल भारतीय सेना रहेको भारतीय पक्षले स्वीकार गरेको कागजात नै फेला परेपछि प्रधानमन्त्री प्रचण्डमाथि राष्ट्रघात गरेको गम्भिर आरोप लागेको छ । नेकपा एमाले, नेकपा माओवादीका बिप्लवले प्रधानमन्त्री प्रचण्डले एयरमार्शल राख्न दिएर भारतले राष्ट्रघात गरेको आरोप लगाउँदै वार्तामा सहभागी सह–सचिवलाई सत्यतथ्य बाहिर ल्याउन भनेका थिए । त्यसको भोलिपल्ट दिल्लीमा भएको हस्ताक्षर सहितको कागजात बाहिर आएको छ । केहिदिन अगाडी दिल्लीमा भएको नागरिक उड्यन अधिकारीहरुको बैठकमा भारतले आफ्नो विमानमा काठमाडौं आउने सुरक्षाकर्मी (एयर मार्सल) लाई नेपालले बास दिनुपर्ने माग गरको थियोे । भारतको यो कुनै नयाँ प्रस्ताव थिएन । एयर मार्सलका लागि यसअघि नै १२ वटा पत्र आइसकेको छ । त्यसैले यो विषय एजेण्डामा नै नभएको भन्दै भारतीय प्रस्ताव पन्छाउन खोजे । तर, नेपाली अधिकारीहरु त्यसबेला आश्चर्यमा परे, जब भारतीय अधिकारीहरुले नेपालको नागरिक उड्यन सुरक्षा नियमावली ०७३ देखाउँदै ‘तिमीहरुको नियमावलीमै व्यवस्था भएको छ, किन राजनीतिक तहमा जानुर्पयो’ भन्ने प्रश्न गरे । एयरमार्सल राख्न विश्वब्यापी मान्यता थाहा भए पनि नेपालको कुन नियमावलीको कुन दफामा त्यो प्रावधान छ भन्ने नेपाली अधिकारीहरुलाई थाहा थिएन । नेपाल टोली एयर रुटबाट छलफल गर्न गएका थिए, तर, भारतले छापामार शैली नेपालको विमानस्थलमा उसको सेना राख्न खोजेको छ । विमानस्थलमा भारतीय एयर मार्शल आउने गरे पनि बास बस्न दिने सवालमा नेपाल सरकारले एमओयू गर्न सजिलो छैन । यसले नेपालको विमानस्थलको सुरक्षामा नकारात्मक असर पर्ने भन्दै आम नेपालीहरु भारतीय मागको विपक्षमा उभिँदै आएका छन् । (प्रक्षेपण दैनिकबाट)