गणेश मन्दिर निर्माणार्थ भागवतबाट ३३ लाख संकलन

340

माघ ११,
भक्तपुर । अनन्त विनायक गणेश मन्दिर निर्माण गर्न सञ्चालन गरिएको भागवतबाट ३३ लाख २१ हजार संकलन भएको छ । कलात्मक प्यागोडा शैलीमा निर्माण हुने गणेश मन्दिर निर्माणका लागि ३० लाख खर्च हुने आयोजकले जनाएका छन् । श्री स्वास्थानी महात्म्यको अवसर पारी गत माघ ३ गतेदेखी सञ्चालन भएको सप्ताह ज्ञान महायज्ञमा नानीरत्न विदुषी अनुराधा शास्त्रीले कथावाचक गरेको आयोजक समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए । भागवत सञ्चालनार्थ १६ लाख खर्च भएको र मन्दिर निर्माणका लागि नपुग भएको रकम भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का सांसद रामेश्वर प्रसाद ढुंगेल, पूर्वसहायक मन्त्री एवम् सांसद दिनेश श्रेष्ठले सांसद विकास कोषबाट प्रदान हुने आयोजक समितिका सह–संयोजक शुसिल बस्नेतले जानकारी दिए । भागवतमा पूर्वमन्त्री महेश बस्नेतले २० हजार सहयोग गरेको सहसंयोजक बस्नेतले जानकारी दिए ।