साक्षी बस्न मात्र राप्रपा सरकारमा सहभागी नहुने

201

पुस ६ ।
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकार समक्ष तीन विकल्प प्रस्तुत गरेको छ । भक्तपुरमा बुधबार सुरु भएको मध्यमाञ्चल स्तरीय कार्यकर्ता भेलामा संचारकर्मीसंग कुरा गर्दै कार्यकारी अध्यक्ष कमल थापाले वर्तमान सरकारमा थप मन्त्री पठाउन पार्टी पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् । थापाले भने नेपाली कांगे्रस र माओवादी केन्द्रको सरकारले निर्णयको साक्षी मात्र बस्न हामी थप मन्त्री पठाउदैनौं । सरकारको बराबर अधिकार प्राप्त गर्ने साझेदार भएमात्र पार्टीबाट थप मन्त्री पठाउने अवस्था आउने थापाको भनाई छ । थापाले तीन बिकल्प सरकारको समक्ष प्रस्तुत गरेका छन् उनले भने ‘पहिलो सरकारमा थप संख्यामा सहभागी हुने, दोस्रोमा अहिले भएको मन्त्रीमात्र निरन्तरता दिने र अन्तीममा सरकारले उचित सम्मान नदिए सरकारबाट फिर्ता हुने’ । राप्रपासंग कांग्रेस र माओवादी केन्द्रले कस्तो किसिमको सहयोग चाहन्छन् र मुलुकको समस्या समाधान गर्न उनीहरुले गर्ने कार्यले नै सरकारमा रहने नरहने निर्णय गर्ने थापाले बताए । कार्यक्रममा राप्रपाका केन्द्रिय अध्यक्ष पशुपति शम्शेर राणाले संसदमा संविधान संशोसोधन विधेयक दर्ता गर्दा छलफल नगरेका राप्रपाको केही बुदाँमा अहसहति रहेको बताएका छन् । हिन्दु धर्म र राजतन्त्रको विषयमा अगामी फाल्गुणको पहिलो हप्तादेखि सुरु हुने महाधिवेशनबाट टुंगो लाग्ने राणाले बताएका छन् । बुधबार दिनभर चल्ने राप्रपाको मध्यमाञ्चल स्तरीय कार्यकर्ता भेलामा १९ जिल्लाका अध्यक्ष, सहअध्यक्ष र केन्द्रिय सदस्य गरेर २ सय जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।