नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल दुर्घटनामा

381

गौशाला – नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाडीको महोत्तरी जिल्लाको जलेश्वर बर्दिबास सडकखण्डमा स्टेरिङ फेल भएको छ । बर्दिबासबाट जलेश्वर आउने क्रममा सो सडकखण्डको जावखचौकमा नेता पौडेल सवार च६च ७५५५ नंको गाडीको अचानक स्टेरिङ फेल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
images-1
आज दिउँसो बर्दिबासबाट जलेश्वरतिर आउँदै गरेको उक्त गाडी स्टेरिङले काम नगरेर सडक छेउ खेतमा झर्ने अवस्थामा थचक्क बसेर रोकिएको थियो । सो दुर्घटनामा नेता पौडेललगायत गाडीभित्र बसेका कसैलाई केही नभएको र सबैजना सकुशल रहेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।