जिग्री र पाँडे समाजसेवामा

186

काठमाडौं । चर्चित टेलिश्रृखला ‘भद्रगोल’का कलाकार जोडी कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ समाजसेवामा जुटेका छन् ।
सामाजिक अभियन्ता बाराका रमेशप्रसाद साहसँग मिलेर यी दुबै कलाकारले जिग्री पाँडे फाउन्डेस स्थापना गरी सप्तरीको एक दलित बस्तीमा दृष्टिविहीनका लागि घर बनाउने अभियान सुरु गरेका हुन् ।
गत बिहीबार बिहीबार सप्तरी गमहरिया प्रवाह–४ स्थित पट्टिटोल पुगेका चर्चित हास्यशृंखला ‘भद्रगोल’ का यी कलाकारले १७ जनाको संयुक्त परिवारमा रहेका तीन भाइका लागि तीनवटा वातावरण र अपांगमैत्री घर बनाइदिने घोषणा गरेका हुन् ।
सामाजिक अभियन्ता रमेशप्रसाद साहका साथमा सप्तरी पुगेका उनीहरूले मण्डल परिवारको दयनीय अवस्था देखेर उनीहरूलाई लत्ताकपडाका साथै खाद्यान्न वितरण गरेका थिए ।
स्थानीय शम्भु मण्डलको परिवारमा १७ जना छन् । त्यसमा एक बालकसहित पाँचजना दृष्टिविहीन छन् । उनीहरूको अवस्था निकै नाजुक भएकाले आफूहरूले घर बनाइदिन लागेको कलाकार अर्जुन घिमिरेले बताए ।