अर्जेन्टिनी राष्ट्रपतिमाथि ढुङ्गा प्रहार

192

पुस १४ | बीबीसी
प्रर्दशनकारीको एक समूहले अर्जेन्टिनी राष्ट्रपति माउरिसियो म्याक्रिज चढेको गाडीमाथि ढुङ्गाको आक्रमण गरेको छ । अर्जेन्टिनी सरकारले सो कुराको जानकारी दिएको हो । करिब १० जनाको समूहले कारमा ढुङ्गा प्रहार गर्दा दुईवटा झ्याल फुटेको राष्ट्रपति कार्यालयले जारी गरेको एक बयानमा उल्लेख छ । यद्यपी, राष्ट्रपतिलाई कुनै चोट नलागेको जानकारीमा बताइएको छ । भिल्ला ट्राफुलमा आयोजित एक कार्यक्रममा सरिक हुनका लागि उनी यात्रा गरिरहेका थिए । अर्जेन्टिनाको पत्रिका क्ल्यारिनका अनुसार घटनामा संलग्न दुई प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।