शिशिर राणाको निर्माण तथा निर्देशन रहने चलचित्र तिमीसँगमा नाजिर हुसेन थपिएका छन् । यसै सातादेखि वर्कसप सुरु भएको फिल्म तिमीसँगको यही पुष पन्ध्र गतेदेखि छायाँकन सुरु हुनेछ । काठमाडौंदेखि पोखरा अनि जनकपुरमा सुटिङ हुनेछ । ड्रिम्स डेब्यू गर्ल साम्राज्ञी राज्यलक्ष्मीशाहको रोमान्स लिड कलाकार आकाश श्रेष्ठ र नाजिरसँग हुनेछ । चलचित्रमा साम्राज्ञी, आकाश श्रेष्ठ र नाजिर बीचको त्रिकोणात्मक प्रेम रहने बताईएको छ । स्क्रिप्ट चित्तबुझेर तिमीसँग खेल्न राजी भएका नाजिर साम्राज्ञीसँग स्क्रिन सेयर गर्न पाउँदा खुसी देखिए । ड्रिम्स फिल्म हेरेपछि नाजिरले साम्रज्ञीसँग फिल्म खेल्ने चाहना व्यत्त गरेका थिए । यता दोश्रो चलचित्र ए मेरो हजुर २ को सुटिङ सकाएकी साम्राज्ञीले पनि नाजिरसँग स्क्रिन सेयर गर्ने चाहना राखेकी रहिछन् । नाजिरको दाँजो मागएर अभिनयगर्न आफुलाई चुनौती पर्ने साम्राज्ञीले बताइन् । म त तिम्रै हुँ बाट रजतपटमा डेव्यु गरेका आकाश श्रेष्ठले फिल्मको लागि मिहेनत गरिरहेको बताए ।