प्रेम असफल भएपछि एउटै डोरीमा झुण्डिएर आत्महत्या

206

माघ ७,
झापा। झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी सार्की र सोही ठाउँका ईश्वर भट्टराईको आत्महत्या गरेका छन् ।
उनीहरुले आज बिहान एकै ठाउँमा आत्महत्या गरेका छन् ।
कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २३ वर्षीया तोलामी र उनकै छिमेकी २५ वर्षीय भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।
बिहान ५ वजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग गरेर आत्महत्या गरेका छन् । आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएर झुण्डिएको देख्दा पनि प्रेम सम्बन्धका कारण यस्तो कठोर निर्णय गरेको हुनुपर्छ, प्रहरीले भन्यो ।
माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र उनको फूलमाला पनि भइसकेको पारिवारिक स्रोतले जनाएको छ । अस्मिताको विवाह विराटनगर निवासी एक व्यक्तिसँग निश्चित भएर फूलमाला भएको बताइएको छ ।
भट्टराई भने चालकको काम गर्दै आएका र उनले ट्याक्टर चलाउँदै आएको स्थानीयवासीले बताएका छन् ।