Saturday, September 26, 2026
Home Uncategorized अलैँची खेती विकासका लागि नयाँ योजना

अलैँची खेती विकासका लागि नयाँ योजना

167

पुस २६, पाँचथर । अलैँची खेतीको विकासका लागि पाँचथरमा अलैँचीको ब्लक र जोन तयार गरिने भएको छ। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत मुलुकमै पहिलो पटक अलैँचीको ब्लक र जोन तयार गर्न लागिएको हो। जोन कार्यान्वयन इकाई पाँचथरले २ गाविसमा ब्लक र ३ गाविसमा जोन बनाउनुपर्ने जनाएको छ। अलैँचीको आधुनिकीकरणमा सहयोग पुर्‍याउन सक्ने पूर्वाधारको व्यवस्था गरी १ सय हेक्टर क्षेत्रफलमा ब्लक र ५ सय हेक्टर क्षेत्रफलमा जोन तयार गरिनेछ। क्षेत्रीय कृषि निर्देशनालय पूर्वाञ्चालका प्रमुख ताराकुमार श्रेष्ठले ब्लक तयार गरिएको क्षेत्रमा अलैँची खेती विस्तारसँगै प्राथमिक प्रशोधन केन्द्र, कोल्ड स्टोरेज, ग्रेडिङ मेसिन लगायत राखिने बताए। ब्लकमा ५० भन्दा बढि किसानलाई रोजगार मिल्ने बताइएको छ। जोन क्षेत्रमा भने व्यावसायिक अलैँची उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गरिने श्रेष्ठको भनाई छ। जोन क्षेत्रमा कृषि यान्त्रिकीकरण र पूर्वाधार विकासका काम हुनेछ्न्। गोदाम घर,प्रशोधन केन्द्र र हार्भेष्ट सेन्टर पनि निर्माण गरिनेछ। यससँगै अलैँची उत्पादनमा प्रयोग गर्न प्रांगारिक मल कारखाना, टिस्यु कल्चर ल्याब, हाइटेक नर्सरी लगायतका आवश्यक पूर्वाधार बनाउन किसानलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जोन कार्यान्वयन इकाइले सहयोग गर्ने इकाइका प्रमुख वरिष्ठ कृषि अधिकृत पदमप्रसाद अधिकारीले बताए। पाँचथरको आङसराङ, चिलिङदेन, फाक्तेप, रानिटार, रवि, लुङरुपा, याङनाम, सिदिन, ओयाम लगायतका स्थान रहेका छन् ।