युवासंघको विवाद मिल्यो, केन्द्रिय कमिटिको बैठक बस्ने

267

पुस २६,
काठमाडौं–एमाले निकट युवासंघले केन्द्रीय समिति बैठक ९माघ १६–१८० बोलाएको छ । युवासंघको १५ महिनादेखि जारी विवाद मिलेसँगै केन्द्रीय समितिको बैठक बोलाइएको हो । महेश बस्नेतपछि निरुपाल अध्यक्ष बनेसँगै युवासंघमा विवाद चर्किएकोमा विवाद समाधानको लागि राजीव पहारीलाई अध्यक्ष बनाएर महाधिवेशन गर्ने भनिएपनि १५ महिनासम्म विवाद सुल्झिन सकेको थिएन ।
तर, सोमबार बसेको युवासंघको स्थायी कमिटी बैठकले विवादित विषयमा केपी ओली र माधव नेपाल पक्षबीच भागबण्डा मिलाएपछि विवाद साम्य भएको हो ।