Friday, October 16, 2026
Home Uncategorized युवासंघको विवाद मिल्यो, केन्द्रिय कमिटिको बैठक बस्ने

युवासंघको विवाद मिल्यो, केन्द्रिय कमिटिको बैठक बस्ने

272

पुस २६,
काठमाडौं–एमाले निकट युवासंघले केन्द्रीय समिति बैठक ९माघ १६–१८० बोलाएको छ । युवासंघको १५ महिनादेखि जारी विवाद मिलेसँगै केन्द्रीय समितिको बैठक बोलाइएको हो । महेश बस्नेतपछि निरुपाल अध्यक्ष बनेसँगै युवासंघमा विवाद चर्किएकोमा विवाद समाधानको लागि राजीव पहारीलाई अध्यक्ष बनाएर महाधिवेशन गर्ने भनिएपनि १५ महिनासम्म विवाद सुल्झिन सकेको थिएन ।
तर, सोमबार बसेको युवासंघको स्थायी कमिटी बैठकले विवादित विषयमा केपी ओली र माधव नेपाल पक्षबीच भागबण्डा मिलाएपछि विवाद साम्य भएको हो ।