अब भक्तपुर अस्पतालमा इएनटी सेवा सुरु

194

माघ १०,
भक्तपुर । भक्तपुर अस्पतालमा दैनिक रुपमा नाक, कान, घाँटी विशेषज्ञ सेवा सुरु भएको छ । यसको दरबन्दी रहे पनि डाक्टरको नआउँदा धेरै वर्षदेखि सुरु हुन नसकेको यो सेवामा डा रविभूषण सुवाल आएपछि यो सेवा सुरु भएको हो । अस्पतालमा नाक, कान, घाँटीबाहेक अहिले हाडजोर्नी सेवा पनि दैनिक सुरु भएको छ । अस्पतालमा सघन उपचार कक्ष आइसियु सेवाका लागि सामान खरिद भइसकेको र निकट भविष्यमै सेवा सञ्चालनको तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार केसीले बताए । वीर अस्पतालपछि देशकै दोस्रो पुरानो अस्पतालका रुपमा रहेको यो अस्पतालले सेवाहरु विस्तार गर्दै लगेको छ ।