शहरमा तरकारी किन्न मुस्किल गाउँमा गाई भैंसीलाई

300

पुस २६,
गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा काउलीको मुल्य बढेपछि सस्तो तरकारी खोज्ने बढिरहेका बेला ग्रमिण भेग अस्लेवा फाँटमा उत्पादन भएका तरकारी विक्रि नहुँदा किसानहरुले गाई, भैसी र वाख्रालाई खुवाउन थालेका छन् ।
कृषकले उत्पादन गरेको तरकारी बिक्रि नभएपछि फाल्नु भन्दा गाई भैसीलाई खुवाउनु परेको किसानहरुले बताएका छन् ।
अस्लेवा गाविसमा १० जना ठुला युवा व्यवसायीक किसान छन् । त्यस्तै दर्जनौले सानो लगानीमा पनि व्यवसायीक तरकारी खेती गर्दै आएका छन् ।
वार्षिक २० लाखसम्मको तरकारी खेतीबाटै कारोवार गर्दै आएका अस्लेवा ७ का २७ वर्षिय युवा अर्जुन कनौजे यो सिननमा फलेका टमाटर र काउली विक्रि हुन नसक्दा २ लाख रुपैयाँ भन्दा बढि घाटा सहनु परेको गुनासो गर्दछन् ।
यो सिजन भारतिय कृषि उत्पादनको सिजन भएकोले त्यसको असर गुल्मीका किसानलाई पनि परेको छ । कृषक कनौजेका अनुसार खेतमा फलेको अर्गानिक काउलीको उत्पादन मुल्य नै प्रतिकिलो २५ रुपैयाँ पर्दछ । तर, भारतको काउँली वुटवलका व्यापारिहरुले ९ ÷१० रुपैयाँ प्रति किलो गुल्मीको वजारमा पठाएपछि त्यहाँका किसानको अर्गानिक काउली नबिकेको हो ।
कनौजेको कृषि फर्ममा ५ केजीसम्मका काउली ओईलदै गएका छन् भने टमाटर पनि कुहेर झर्न थालेका छन् । मेहनत गराएर उव्जाएको तरकारी नबिकेपछि गाई भैसी र वाख्राहरुलाई खुवाउने गरेको उनले बताएका छन् । उनले तरकारीसंगै भैसी, वाख्रा र खरायो पनि पालेका छन् । -ratopati